• २० वैशाख २०८१, बिहिबार

एनआइसी एसिया लघुवित्तको पन्ध्र प्रतिशत नगद लाभांश

blog

काठमाडौँ, पुस ७ गते । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । संस्थाको छैटौँ वार्षिक साधारण सभाले चुक्तापुँजीको १५ प्रतिशतका दरले २६ करोड नौ लाख १६ हजार रुपियाँ नगद लाभांश (कर प्रयोजनसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साधारण सभाले विभिन्न एजेन्डासहित संस्थाको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त २०८० को वासलात, नाफानोक्सान हिसाब र नगद प्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीसमेत) पारित गरेको छ । साधारण सभामा प्रचलित कानुन तथा विद्यमान व्यवस्था अनुसार सञ्चालन गरिएको निर्वाचन कार्यक्रमबाट संस्थापक एनआइसी एसिया बैङ्क लिमिटेडका तर्फबाट मनोनीत भई प्रतिनिधित्व गरेका दीपक ढकाल सञ्चालक पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । साथै नवनिर्वाचित सञ्चालक दीपक ढकालले संस्थाका अध्यक्ष सन्तोषकुमार राठीसमक्ष शपथग्रहण गरी आफ्नो पद बहाल गर्नुभएको छ ।