• १५ मंसिर २०८१, शनिबार

बाघ खोज्न वनमा क्यामेरा ट्रयाप

blog

क्यामेरा ट्रयाप जडानको तालिममा सहभागीहरु । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, पुस ७ गते । बाघलगायत स्तनधारी वन्यजन्तुको अवस्था पत्ता लगाउन क्यामरा ट्रयाप प्रविधि जडान हुनेभएको छ । तराई भू–परिधि कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशका कपिलवस्तु, दाङ र अर्घाखाँचीका वनमा क्यामेरा ट्रयाप जडान हुनेभएको हो । 

क्यामेरा जडान गरेपछि वन क्षेत्रमा रहेका वन्यजन्तु सँगै र चोरी तस्करी विषयमा जानकारी हुने लुम्बिनी प्रदेश वन निर्देशनालयका प्रमुख दधिलाल कँडेलले बताउनुभयो ।

निर्देशनालयका अनुसार दुई किलोमिटर अन्तरमा एकसय बढी क्यामेरा जडान हुने बताइएको छ । कुनै जिवजन्तु क्यामेराको नजिक आएपछि स्वचालित रुपमा फोटो खिच्नेछ । करिब एक महिनासम्म यी क्यामेरा वन क्षेत्रमा रहने ताल परियोजनाले जनाएको छ । 

विश्व वन्यजन्तु कोष नेपालका वन्यजन्तु विज्ञ शशाङ्क पौडेलले यस क्षेत्रमा बाघ र यसका प्रजाति तथा अन्य जनावरको अवस्था पत्ता लगाउन क्यामेरा ट्रयाप जडान गर्न लागेको बताउनुभयो । क्यामेरा ट्रयाप विधि प्रयोग गर्दा वन जोगाउन समेत प्रभावकारी हुने बताइएको छ । 

कपिलवस्तुको शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र बुद्धभूमि नगरपालिकाको वडा ९ का वन क्षेत्रमा शुक्रवारदेखि क्यामेरा जडान गर्न सुरु भएको डिभिजन वन कार्यालय गौतमबद्ध कपिलवस्तुका प्रमुख बेसिन्द्रराज सुवेदीले बताउनुभयो । क्यामेराबाट हुने गतिविधिको अनुगमन गर्न ३ जिल्लाका वन प्राविधिकलाई तालिम प्रदान गरिएको छ ।