• ४ जेठ २०८१, शुक्रबार

नगरस्तरीय क्रिकेट सुरु

blog

रेखीराम राना

तानसेन, पुस ७ गते । तानसेनमा शनिबारदेखि नगरस्तरीय ‘प्रथम क्रिकेट प्रतियोगिता’ सुरु भएको छ । तानसेन नगरपालिकाको आयोजनामा पहिलो पटक क्रिकेट प्रतियोगिता भएको हो । 

पहिलो खेलमा तानसेन–३, विजयी बनेको छ । उद्घाटन खेलमा तानसेन–२ लाई सात विकेटले हराउँदै तानसेन–३, विजयी बनेको नगर खेलकुद विकास समितिका संयोजक हेमन्तराज शाक्यले जानकारी दिनुभयो ।

प्रतियोगितामा १४ समूहको सहभागिता जनाएका छन् । विजेताले ट्रफीसहित नगद ६० हजार र उपविजेताले ३० हजार रुपियाँ पाउने संयोजक शाक्यले बताउनुभयो ।