• ११ मंसिर २०८१, मङ्गलबार

अंग्रेजी नयाँ वर्षको अवसरमा फुडफेस्टिवल आयोजना हुने

blog

फुडफेस्टीवलका बारेमा पत्रकार सम्मेलन गरेर जानकारी गराउँदै होटल एसोसिएसन भेडेटार । तस्बिर : कबिराज घिमिरे

कबिराज घिमिरे
हिले, पुस ८ गते ।
पर्यटकीय स्थल भेडेटारमा अंग्रेजी नयाँ वर्ष सन् २०२४ को अवसर फुड फेस्टिवलको आयोजना हुने भएको छ । आयोजक होटल एशोसिएसन भेडेटारले पत्रकार सम्मेलनको आयोजना गर्दै अंग्रेजी नयाँ वर्ष सन् २०२४ को अवसरमा आगामी पुस १५ देखि १७ गतेसम्म फुड फेस्टिवल हुने जानकारी दिएको हो ।

तीन दिनसम्म आयोजना हुने फेस्टिवलमा स्थानीय खानाका परिवार, स्थानीय अर्गानिक खेतीबाट उत्पादीत तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामग्रीहरु प्रर्दशनीमा राखिने आयोजक होटल एशासिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले बताउनु भयो ।

फेस्टिवलमा २५ वटा स्टल रहने जनाइएको छ । सो अवधिमा ३० हजारसम्म बाह्य तथा आन्तरिक पर्यटक घुम्न आउने तथा एक करोड रुपियाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको सचिव लालवहादुर श्रेष्ठको भनाइ छ ।

फेस्टिवल सञ्चालन गर्नका लागि २७ लाख ५० हजार रुपियाको अनुमानित बजेट विनियोजन गरिएको छ । भेडेटारका होटलहरुमा फेस्टिवल अवधिभर खाना तथा लजमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । होटल एशोसिएसन भेडेटारले हरेक वर्ष फेस्टिवलको आयोजना गर्दै आइरहेको छ । यस वर्ष आयोजना हुने फेस्टिवल ११ औं संस्करणको हो ।

महोत्सवमा आउने पर्यटकहरुलाई सागुरीगढी गाउँपालिका भित्र रहेको साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्म बस्ने घर थुम्की, बौद्धविहार, गुम्बा, ध्वजेडाँडा अजङगको बरको रुख लगायतका ठाउँमा घुमाइने छ ।  कार्यक्रममा बोल्नुहुँदै साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले भेडेटारमा हरेक वर्ष आयोजना हुँदै आइरहेको फेस्टिवल पर्यटकीय गतिविधि बढाउने माध्यम भएको बताउनु भयो ।