अमरराज नहर्की
तनहुँ, पुस ९ गते । नेपाली कांग्रेस तनहुँले निर्माण गरेको बिपी स्मृति भवनको नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गर्नुभएको छ ।
एक हजार आठसय ४७ जना चन्दादाताबाट एक करोड ७२ लाख रुपियाँमा आठ आना जग्गामा निर्माण भएको भवनको सभापति देउवाले केहीबेर अघि उद्घाटन गर्नुभएको हो । कात्तिक २४ गते उद्घाटन गर्ने भनिए पनि जाजरकोट र रुकुममा भूकम्प गएकाले कार्यक्रम स्थगित गरिएको थियो । रोकिएको कार्यक्रमलाई पुस ९ गतेलाई तय गरिएको थियो । कार्यक्रममा जग्गा खरिद तथा भवन निर्माणमा सहयोग गर्ने चन्दादातालाई सम्मान गरिएको छ ।