युनाइटेड अरब इमिरेट्स (युएई) मा सम्पन्न कोप-२८ सम्मेलन अहिले नेपालमा चर्चाको विषय बनेको छ । हुन त हरेक वर्ष आयोजना हुने यस्ता कोप सम्मेलनको नेपालमा त्यति चर्चा भएको पाइँदैन तर यसपालिको कोप जलवायु परिवर्तनको सवालमा आफ्नो मुद्दासहितको दर्बिलो उपस्थितिले गर्दा पनि निकै चर्चा पाएको हो ।
चीनले चार वटा मौसम विज्ञान उपग्रह प्रक्षेपण गरेको छ । सोमबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट चार वटा मौसम विज्ञान उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको हो ।
जनगायक तथा लोकगायक रामकृष्ण दुवाललाई सम्मान गरिएको छ । उहाँको साङ्गीतिक कृति जिगु देय् जित यः गीतको म्युजिक भिडियोको लोकार्पण कार्यक्रमको बिचमा गायक दुवाललाई सम्मान गरिएको हो ।
आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाले पावरहाउसको गेटमै ताला लगाएपछि गएरातिदेखि उत्पादन बन्द भएको स्थानीय सुमन बेघाले बताउनुभयो ।
गाजाको शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ । मध्य गाजा पट्टीमा रहेको अल–मगाजी शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको जनाइएको छ ।
झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा तनाव भएको छ । अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै मृतक परिवार र आफन्तले अस्पताल घेराउ गर्दै तोडफोड गर्न खोजेपछि तनाव भएको बताइएको छ ।
गुल्मीका चार स्थानीय तहमा खाद्यको डिपो सञ्चालन गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाको हाटबजार, मदाने गाउँपालिका-२ को बाँझकटेरी, मालिका गाउँपालिका-४ को अर्खाबाङ र रुरुक्षेत्र गाउँपालिका ४ को बलेटक्सारमा खाद्य डिपो स्थापना भएर सञ्चालनमा आएका हुन् ।
बाजुराको त्रिवेणी नगरपालिका–९ किम्नीस्थित एक घरमा आगलागी भएको छ । घरमा लगाएको विद्युतको तार सर्ट भएर त्रिवेणी नगरपालिका–५ किम्नीकी भरुदेवी बुढाको घरमा आगलागी भएको हो ।
थारु समुदायमा प्रचलित खानाका परिकारबाट राम्रो आम्दानी हुन थालेको छ । होटल व्यवसाय गर्नेहरूले परम्परागत थारु खानाबाट गतिलो आयआर्जन गर्न थालेका हुन् ।
हात्ती संरक्षण, मानव–हात्ती द्वन्द्व न्यूनीकरण एवम् मानव-हात्ती सहअस्तित्वका लागि नेपाल र भारत दुबैतर्फ काम सुरु भएको छ । भारतको अछामदेखि पश्चिम बङ्गाल राज्यको महानन्द वाइल्डलाईफ सेङ्गचुरी हुँदै कोशीटप्पुसम्म घुम्न आउने जङ्गली हात्तीले गर्दा झापामा मानव-हात्ती द्वन्दको अवस्था विकराल बन्दै गएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरूको साझा दायित्व भएको बताउनुभएको छ ।
गत वर्ष भएको प्रतिनिधिसभाको निर्वाचनपश्चात् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वर्तमान सरकार गठन भएको एक वर्ष पूरा भएको छ । यस अवधिका खासगरी नेपालले छिमेकीसँगको सम्बन्ध, कूटनीतिक र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सन्तुलन र परिपक्व व्यवहार प्रदर्शन गरेको देखिएको छ ।
बझाङको सेतीलोक मार्गको खप्तडछान्ना गाउँपालिकाकामा बन्न लागेका दुई वटा पक्की पुलको निर्माण कार्य अलपत्र परेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गर्नुभएको वर्तमान गठबन्धन सरकारले आज एक वर्ष पूरा गरेको छ । एक वर्षअघि विसं २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुँदा उहाँलाई नेकपा एमाले समेतका दलहरुको मुख्य समर्थन थियो ।
फरक गठबन्धन, फरक सङ्गत र फरक मान्यताका आधारमा ‘प्रचण्ड’ सरकार गठन भएको थियो । समय घर्किदै जाँदा ‘प्रचण्ड’ नेतृत्वको सरकारको गठबन्धन, स्वरुप र मान्यतामा परिवर्तन आएको थियो ।