• १३ मंसिर २०८१, बिहिबार

विद्युतको तार सर्ट हुँदा घरमा आगलागी

blog

विद्युतको तार सर्ट हुँदा आगलागी भएको त्रिवेणी नगरपालिका –५ भरुदेबी बुढाको घर । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, पुस १० गते । बाजुराको त्रिवेणी नगरपालिका–९ किम्नीस्थित एक घरमा आगलागी भएको छ । घरमा लगाएको विद्युतको तार सर्ट भएर त्रिवेणी नगरपालिका–५ किम्नीकी भरुदेवी बुढाको घरमा आगलागी भएको हो ।

घरमा आगलागी हुँदा घरमा रहेको अन्न अनाज लुगा कपडा भाँडालगायत सबै जलेर नष्ट भएको त्रिवेणी नगपालिका –५ किम्नीकी भरुदेबी बुढाले बताउनुभयो ।

घरमा भएको खाद्यान्न तथा लुगाफाटो जले पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार प्रहरी टोली घटनास्थलमा गएर मुचुल्का गरिहरेकाले अहिले के कति क्षति भएको भन्ने कुरा जानकारी भएको छैन ।

बुढाको घरमा आगलागी भएको थाहा हुनेवित्तिकै त्रिवेणी नगरपालिकाले खाद्यान्न लुगा कपडा भाँडालगायतको राहत सामग्री पीडित परिवारलाई दिनेगरी घटनास्थलमा टोली हिँडिसकेको त्रिवेणी नगरपालिका प्रमुख प्रशासकीय प्रमुख चिरञ्जीवी शाहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले त्यसतर्फ जिल्ला प्रशासन कार्यालय बाजुराको प्रमुख जिल्ला अधिकारीसहितको टोली घटनास्थलमा पुगेको छ ।” आगोले बुढाको घरमा रहेको धन सम्पत्ति जलेर नष्ट भएको र त्यसको वास्तविक अनुगमन गर्नेगरी जिल्लाबाट प्रमुख जिल्ला अधिकारीसहितको टोली त्यहाँ पुगेको प्रशासकीय प्रमुख शाहले बताउनुभयो ।