• ८ जेठ २०८१, मङ्गलबार

चीनद्वारा चार वटा मौसम विज्ञान उपग्रह प्रक्षेपण

blog

काठमाडौं, पुस १० गते । चीनले चार वटा मौसम विज्ञान उपग्रह प्रक्षेपण गरेको छ । सोमबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट चार वटा मौसम विज्ञान उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको हो ।

तियानमु–१ मौसमी तारामण्डलका उपग्रहहरू, कुआइझोउ–१ए क्यारियर रकेटद्वारा सोमबार बिहान ९ बजे (बेइजिङ समय) प्रक्षेपण गरी योजनाबद्ध कक्षमा प्रवेश गरेका छन् । तिनीहरू मुख्यतया व्यावसायिक मौसम डेटा सेवाहरू प्रदान गर्न प्रयोग गरिनेछ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल