• १५ मंसिर २०८१, शनिबार

तनहुँमा जिप दुर्घटना चालकसहित पाँच घाइते

blog

अमरराज नहर्की

तनहुँ, पुस १० गते ।  पृथ्वी राजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउसमा मङ्गलबार बिहान ४ बजे जिप दुर्घटना हुँदा चालकसहित पाँच यात्रु घाइते भएका छन् ।

 आँबुखैरेनीबाट मुग्लिङ जाँदै गरेको बा १७ च ७९६० नं को बोलेरो जिप सडकबाट करिब १५० मिटर तल खस्न गई दुर्घटना हुँदा चालकसहित जिपमा सवार यात्रुहरूमध्ये ५ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्टले जानकारी दिनुभयो ।  घाइतेहरूको उद्धार गरिएको छ 

घाइते चार जनाको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको र एक जनाको थप उपचारको लागि पुरानो मेडिकल भरतपुर, चितवनमा पठाइएको विष्टले बताउनुभयो । कैलाली जिल्लाको गोदाबारी न।पा।–३ बस्ने वर्ष ३० को खगेन्द्रराज पनेरुलाई चितवन पठाइएको विष्ट जानकारी दिनुभयो । विष्टका अनुसार आँबुखैरनी अस्पतालमा उपचार हुनेहरूमा जिप चालक कैलालीको धनगढी नगरपालिका –४ बस्ने वर्ष २७ को दयाराम राना, सुर्खेत वीरेन्द्र नगरपालिका–६ बस्ने वर्ष २८ को थानेश्वर भट्टराई सोही नगरपालिकाको वडा नं ९ बस्ने वर्ष २८ को निबस खत्री, दार्चुलाको महाकाली नगरपालिका– ५ बस्ने वर्ष २४ को राकेश भट्ट हुनुहुन्छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।