• १५ मंसिर २०८१, शनिबार

पोखरामा मध्यरातमा कारले ठक्कर दिँदा दुई पैदल यात्रीको मृत्यु

blog

लेखनाथ, पुस १० गते । पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङमा गए राति १ बजेतिर कारले ठक्कर दिँदा दुई पैदल यात्रीको मृत्यु भएको छ । प्रस्याङको सिद्धार्थ बैङ्कअगाडि बागलुङ बसपार्कबाट जिरो किमीतर्फ जाँदै गरेको बा१३च ३७२१ नं. को कारले पैदल यात्रीलाई ठक्कर दिएको हो । 

कारको ठक्करबाट बागलुङको ढोरपाटन नगरपालिका ६ घर भई पाेखरा–३, नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का परिचय नखुलेका पुरुषको मृत्यु भएको हो । घटनापछि ढकाल र अर्का पुरुषलाई पश्चिम क्षेत्रीय अस्पताल पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले कार प्रहरी नियन्त्रणमा रहेको र चालक फरार भएकाले खोजी भइरहेको जानकारी दिनुभयो ।