होटल एसोसियसन अफ मकवानपुरको आयोजनामा हेटौँडामा तीन दिने सडक खाना महोत्सव हुने भएको छ ।
प्योङयाङले हालै अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि दक्षिण कोरियाले अवैध साइबर गतिविधिलाई लिएर उत्तर कोरियाको गुप्तचर निकायका प्रमुखमाथि प्रतिबन्ध लगाएको सोलको विदेश मन्त्रालयले बुधबार बताएको छ ।
धनुषाको ढल्केबरमा डिडिसीको दुग्ध डेरीबाट निस्कने प्रदूषित पानीका कारण स्थानीयवासी आजित भएका छन् ।
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाइएको छ ।
गोही अनुगमनका क्रममा नारायणी नदीमा डल्फिन भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको टोलीले राप्ती नदीमा अनुगमन सकेर पाँचौँ दिन नारायणी नदीमा अनुगमन गर्दा डल्फिन भेटेको हो ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास भने काेसेली पठाउने टोलीमा सहभागी नहुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, "म जति सक्छुु, त्यति लिएर जान्छु, भारमा मेरो संलग्नता छैन ।
राष्ट्रपति रामचन्द्र पौडेलले अथाह ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिकहरु हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज भएको बताउनुभएको छ ।
सुनसरीको सदरमुकाम इनरुवामा कुडुख.(उराँव) भाषा पढाइ प्रवाहका लागि पाठ्यक्रम निर्माणसम्बन्धी तीनदिने कार्यशाला गोष्ठी सुरु भएको छ ।
अफगानिस्तानमा सोमबारदेखि चारदिने पोलियोविरुद्धको अभियान सुरु भएको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।
वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले जलवायु क्षेत्रमा आएका विदेशी सहयोगहरु नेपालले खर्च गर्न नसकेको बताउनुभएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक जीवित पाठशाला रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव, सीप तथा प्रज्ञाको उपयोग गरी राज्य सञ्चालनका महत्वपूर्ण निर्णयमा मार्गदर्शन गर्ने वातावरणको निर्माण गर्न सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिरको दर्शन र पूजा आराधना गर्नुभएको छ ।
काठमाडौँमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कर्णाली प्रदेशलाई जितका लागि एक सय ६१ रनको लक्ष्य दिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ बजार आउनुभएको छ । आज बिहान १० बजेर २ मिनेटमा राष्टपति पौडेल नेपाली सेनाको हेलिकप्टरमा बागलुङ आउनुभएको हो । बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित नेपाली सेनाको गणमा पौडेल अवतरण भएपछि प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गर्नुभएको छ ।