जयकृष्ण यादव
इनरुवा, पुस ११ गते । सुनसरीको सदरमुकाम इनरुवामा कुडुख.(उराँव) भाषा पढाइ प्रवाहका लागि पाठ्यक्रम निर्माणसम्बन्धी तीनदिने कार्यशाला गोष्ठी सुरु भएको छ । स्थानीय नेपाल उराँव आदिवासी जनजाति सुनसरीको आयोजना तथा हिमाली आदिवासी समाजको सहयोगमा तीनदिने कार्यशाला गोष्ठी सुरु भएको हो ।
कार्यशालामा हिमाली आदिवासी समाजका म्यानेजर छिचीम्पा ल्होमी र कार्यक्रम संयोजक टेसीडेमा भोटेसहितले सहजीकरण गरिरहनुभएको आयोजक संस्थाका सम्पतलाल उराँवले जानकारी दिनुभयो । बुधबार उद्घाटन भएको तीन दिने कार्यशाला गोष्ठीमा सुनसरीका १८ जना उराँव समुदायका युवा र बौद्धिक वर्गको सहभागिता छ । गोष्ठीको उद्घाटन कार्यक्रम प्रतिष्ठानका अध्यक्ष बेचन उराँवको अध्यक्षतामा भएको जनाएको छ । सहभागीहरुलाई हिमाली आदिवासी समाजको सहयोगमा तीनदिने कार्यशाला गोष्ठी सुरु भएको हो ।
कार्यक्रमका वक्ताहरुले उराँव भाषामाथि विभिन्न समुदायबाट आक्रमण भइरहेकाले त्यसबाट सचेत रहँदै भाषा संरक्षणमा लाग्नुपर्नेमा जोड दिएका छन् । नेपालको संविधान अनुसार मातृभाषालाई संरक्षण गर्ने अधिकार दिएकाले त्यसलाई उपयोग गर्दै पाठ्यक्रम लागू गर्न आफूहरु लागिपरेको अध्यक्ष उराँवले बताउनुभयो ।
सुनसरी जिल्लासहित अन्य ठाउँका उराँव कथाकार, साहित्यकार र भाषाविज्ञले मातृभाषा कथा, उपन्यास, विषयवस्तु र पाठ्यवस्तु समावेश गर्ने र त्यसको प्रकाशन गर्ने बताइएको छ । राष्ट्रिय जणगणना २०७८ अनुसार १२३ भाषामध्ये कुडुख (उराँव) भाषा पनि एक भएको उल्लेख गरिएको छ ।