काठमाडौं, पुस ११ गते । अफगानिस्तानमा सोमबारदेखि चारदिने पोलियोविरुद्धको अभियान सुरु भएको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो अभियानसँगै पाँच वर्षमुनिका झण्डै ८८ लाख बालबालिकालाई अपाङ्ग बनाउने रोगविरुद्धको खोप लगाइनेछ ।
पूर्वाञ्चलमा भने खोप अभियान सात दिनसम्म चल्ने र ४२ जिल्लामा १० वर्षमुनिका बालबालिकालाई पोलियोविरुद्धको खोप दिइनेछ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल