समावेशीकरणको दिशामा एउटा फड्को ; गोरखापत्रद्वारा प्रकाशित लिम्बु भाषा
गत केही समय यता बाँकेका अस्पतालहरुमा स्क्रब टाइफस रोगका बिरामी बालबालिका उपचारका लागि आउनेक्रम बढेको छ ।
कपिलवस्तुको शिवराज नगरपालिकामा आठौँ चन्द्रौटा महोत्सव सञ्चालन हुनेभएको छ । पुस १३ गतेदेखि सुरु हुने सो महोत्सव पुस २४ गतेसम्म चल्ने बताइएको छ ।
। कैलालीको धनगढी उपमहानगरपालिका –१४ फूलबारीस्थित डी गाउँमा आसरा सुधार केन्द्र सञ्चालनमा आएको छ । लागुऔषध दुव्र्यसनीहरुलाई राख्नका लागि आसरा केन्द्र सञ्चालनमा ल्याइएको हो ।
चन्द्रकोट गाउँपालिकाले ८२ वर्ष माथिका दुई सय ७९ बढी ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणको साथमा थर्मस वितरण गरेको छ ।
दार्चुलाको नौगाड गाउँपालिका –३ होपरीगाडको लामिडेरास्थित एक घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ । आज बुधबार स्थानीय रणबीर (रन्बिर) टमटाको पत्थरले छाएको दुई तले घरमा आगो लागेपछि घर जलेर नष्ट भएको स्थानीय बसन्त ठगुन्नाले बताउनुभयो ।
कोशी प्रदेश मन्त्रिपरिषद्को आज साँझ भएको बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक–२०८० प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ।
चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा ताप्लेजुङमा आयोजना गरिएको प्रथम कञ्चनजङ्घा सेसेलुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सुनसरीको चक्रघट्टी फुटबल क्लबले जितेको छ।
स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार २०८० पत्रकार लक्की चौधरीलाई प्रदान गरिने भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूको बुधबार बसेको सचिवालय बैठकले उहाँलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
धरानमा आयोजित चासोक तङ्नाम उत्सवका अवसरमा मौलिक गहनामा सजिएका लिम्बु समुदायका महिला ।
जाजरकोटको कुशे गाउँपालिका-९ घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपालीको बुधबार बिहान मृत्यु भएको छ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले सङ्घ र प्रदेशबिच समन्वय नहुँदा प्रहरीलाई समस्या भइरहेको बताउनु भएको छ।
बाँके प्रहरीले नेपालगन्जका विभिन्न स्थानबाट एक लाख रुपियाँ बढीको भन्सार छलिगरी भारतबाट नेपाल ल्याइएका अवैध सामान बरामद गरेको छ ।
झापाको दमक नगरपालिकाले आफ्नो नगर भित्र जीवित रहेका सबैभन्दा ज्येष्ठ नागरिकलाई ‘नगर पिता’ को उपाधि दिन सुरु गरेको छ। ज्येष्ठ नागरिकको सम्मान स्वरूप यो उपाधि दिइएको हो।
रामेछापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको लिखु तामाकोशी गाउँपालिका –७ तिल्पुङ हलेदेमा आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।