• १३ मंसिर २०८१, बिहिबार

फूलबारीमा आसरा सुधार केन्द्र सञ्चालन

blog

लागुऔषध दुव्र्यसनीलाई राखिने आसरा सुधार केन्द्रको उद्घाटन गर्नुहुँदै प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर । तस्बिर : टेकराज जोशी

अविनाश चौधरी 

धनगढी, पुस ११ गते । कैलालीको धनगढी उपमहानगरपालिका –१४ फूलबारीस्थित डी गाउँमा आसरा सुधार केन्द्र सञ्चालनमा आएको छ । लागुऔषध दुव्र्यसनीहरुलाई राख्नका लागि आसरा केन्द्र सञ्चालनमा ल्याइएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र धनगढी उपमहानगरपालिकाको संयुक्त सहकार्यमा तयार पारिएको सुधार केन्द्रको आज एक समारोहबिच प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उद्घाटन गर्नुभयो । 

सुधार केन्द्रको सञ्चालनबाट लागुऔषधको लतमा फसेकाहरुलाई सामान्य जीवनमा फर्काउन सहयोग पुग्ने बताइएको छ । सुधार केन्द्रमा मनोविज्ञानका विज्ञ चिकित्सक समेत रहने छन् । यसमा दुईसय जनालाई राखेर उनीहरुको उपचार गर्न सकिने प्रदेश प्रहरी कार्यालय प्रमुख भरतबहादुर बोहराले जानकारी दिनुभयो । 

उद्घाटनको अवसरमा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललगायत प्रहरी अधिकारीको उपस्थिति रहेको थियो ।