• २१ असार २०८१, शुक्रबार

आगलागीबाट घर जलेर नष्ट, बालकको मृत्यु

blog

लोकेन्द्र जोशी

दार्चुला, पुस ११ गते । दार्चुलाको नौगाड गाउँपालिका –३ होपरीगाडको लामिडेरास्थित एक घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ । आज बुधबार स्थानीय रणबीर (रन्बिर) टमटाको पत्थरले छाएको दुई तले घरमा आगो लागेपछि घर जलेर नष्ट भएको स्थानीय बसन्त ठगुन्नाले बताउनुभयो । 

आगलागीमा परेर रन्बिर टमटाका चार महिने छोरा विजयप्रकाश टमटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख एबं प्रहरी निरीक्षक गोबिन्द भण्डारीले जानकारी दिनुभयो । विजुली सर्ट भइ आगलागी भएको उहाँले बताउनुभयो । घटनास्थलमा होपरीगाड प्रहरी चौकीबाट उद्धारका लागि प्रहरी टोली खटेको उहाँले बताउनुभयो ।