• १५ मंसिर २०८१, शनिबार

एक लाख बढीको अवैध सामान बरामद

blog

प्रहरीले बरामद गरेको अवैध सामग्री । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ 

खजुरा, पुस ११ गते । बाँके प्रहरीले नेपालगन्जका विभिन्न स्थानबाट एक लाख रुपियाँ बढीको भन्सार छलिगरी भारतबाट नेपाल ल्याइएका अवैध सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार इलाका प्रहरी कार्यालय जमुनाहको प्रहरी टोलीले गस्ती गर्नेक्रममा नेपालगन्ज –१५ जमुनाहबाट भारतबाट अवैधरुपमा चोरी पैठारी गरी भन्सार छली गरेर नेपालतर्फ ल्याउँदैगरेको जाडो मौसममा महिलाले लगाउने ८४ थान कपडा कुर्ता सुरुवाल बरामद गरेको जनाएको छ । 

८४ थान कुर्ता सुरुवालको अन्दाजी मूल्य ४६ हजार २ सय रुपियाँ रहेको प्रहरीले जनाएको छ । त्यसैगरी नेपालगन्ज –१० गणेशमान चोक नजिकबाट भन्सार छलेर ल्याइएका मोटरसाइकलका पार्टपुर्जा अन्दाजी नौ हजार ९ सय रुपियाँ बराबरको बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले डुडुवा गाउँपालिका–६ बकौलीबाट अवैध सालको गोलिया काठ बरामद गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय हिरमिनिया र डिभिजन वन कार्यालय बाँकेबाट गएको संयुक्त टोलिले उक्त स्थानबाट ५ फिट लम्बाइ ६९ इन्च गोलाइ भएको साल जातको गोलिया काठ बरामद गरेको छ ।

११.९१ क्यूफिट आयतन भएको सो काठको अन्दाजी मूल्य ४६ हजार रुपियाँ रहेको प्रहरीले जनाएको छ । गोलिया काठलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय र अन्य सामानलाई नेपालगन्ज भन्सार कार्यालय पठाइएको बाँके प्रहरीले जनाएको छ ।