काठमाडौँ, पु्स ११ गते । भुवन नगरकोटीसहित आठ खेलाडी सूर्य नेपाल ‘एनपिजीए म्याच प्ले’ गल्फ च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ ।
रोयल नेपाल गल्फ क्लबमा बुधबारदेखि सुरु भएको च्याम्पियनसिपको पहिलो दिन भुवनले रामकृष्ण श्रेष्ठलाई ५/४ले हराउँदै अन्तिम आठमा स्थान बनाउनुभएको हो ।
यस्तै अन्तिम आठमा स्थान बनाउने अन्य खेलाडीहरूमा भुवनकुमार रोका, जयराम श्रेष्ठ, सञ्जय लामा, रवि खड्का, दिनेश प्रजापति, रामे मगर र प्रदीपकुमार लामा हुनुहुन्छ । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगितामा अघिल्लो सिजनका शीर्ष वरीयताका १६ खेलाडीको सहभागिता रहेको छ ।
चार दिने प्रतियोगिताको फाइनल खेल शनिबार ३६ होलको हुनेछ । कुल दुई लाख ५० हजार रुपियाँ पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले ६० हजार, उपविजेताले ४२ हजार, तेस्रोले ३२ हजार र चौथो हुनेले २४ हजार रुपियाँ पुरस्कार पाउनेछन् ।