• ७ जेठ २०८१, सोमबार

जाजरकोटमा भूकम्प पीडित सुत्केरीको चिसोले मृत्यु

blog

चिसोले कारण सुत्केरी अवस्थामै मृत्यु भएकी कमला । तस्बिर. सहदेव बस्नेत

सहदेव बस्नेत

जाजरकोट, पुस १२ गते । जाजरकोटमा  चिसोका कारण एक भूकम्प पीडित सुत्केरीको मृत्यु भएको छ । जिल्लाको कुशे गाउँपालिका ९, चौराठाकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीको मृत्यु भएको हो ।

 गाउँपालिकाकी उपाध्यक्ष देवीका शाहीले   त्रिपालमा बस्दै आएकी कल्पनाको चिसोले केही दिन देखि सुन्निएकी र  बिरामी परे पनि उपचार अभावले उनले अकालमै ज्यान गुमाउनुपरेको बताउनुभयो मङ्सिर १७ गते सुत्केरी भएकी उनको छोरा जन्मिएको थियो । आर्थिक रूपमा निकै विपन्न त्यो परिवारलाई गाँसबासकै समस्या थियो । बिहान बेलुकाको छाक टार्न समेत धौधौ परिरहेको त्यस परिवारमा भूकम्पले घरमा क्षति पुगेपछि गर्भवती श्रीमतीसहित त्रिपालमा बस्दै आएका थिए । 

कल्पनका का श्रीमान् गोपे सुनारले भन्नुभयो ‘चिसोले मुख र जीउ सुन्निएको थियो । सुत्केरी भएदेखि नै बिरामी थिइन् । ठिक भइहाल्ला भनेर गाउँघरकै सामान्य औषधि गर्नतिर लाग्यौ । एक्कासि यसरी प्राण जाला भन्ने ठानेका थिएनौ । यस अघि चिसोकै कारण तीन बालबालिकासहित २९ जना जाजरकोट र ५ जना रुकुम पश्चिमका गरी ३४ जनाको ज्यान गइसकेको छ ।