• ८ असार २०८१, शनिबार

तेक्वान्दो प्रतियोगितामा पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने

blog

प्रतियोगिता बारे जानकारी गराउँदै आयोजक । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, पुस १२ गते ।
नेपालगन्जमा आयोजना गरिने बाँके जिल्लास्तरीय तकान्दो प्रतियोगितामा जिल्लाका करिब पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालगन्जको महेन्द्र रङ्गशालामा यही पुस २७ र २८ गते मोडेल तेक्वान्दो एकेडेमी बाँकेको आयोजनामा हुने जिल्लास्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगितामा जिल्लाका १३ डोजाङका ४९४ जना खेलाडीले प्रतिस्पर्धा गर्नेे मोडेल तेक्वान्दो एकेडेमीका प्रमुख तथा प्रतियोगिताका संयोजक होमबहादुर सुनारले बताउनुभयो ।

आइटीएफ तेक्वान्दो संङ् कर्णाली प्रदेशका अध्यक्ष तथा प्रतियोगिताका संयोजक रहनुभएका सुनारका अनुसार खेलको माध्यमबाट एकताको भावना सिर्जना गर्नुका साथै आन्तरिक तथा बाह्य खेल पर्यटनको अवधारणाको विकासमा पनि प्रतियोगिताबाट सहयोग मिल्नेछ ।

प्रतियोगितामा एकल प्याटन महिला र पुरुष, महिला र पुरुषको एकल स्पाइरिङ, पुरुष २० देखि ६५ केजी तौल समूह र महिलातर्फ २० देखि ६० केजी तौल समूहमा प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगिताको विजेता टिमलाई, सर्वोत्कृष्ट महिला र पुरुष खेलाडी, अनुशासित टिमलाई पुरस्कृत गरिने छ । प्रतियोगिताको स्वर्ण, रजत र काँस्य पदक विजेतालाई नगद पुरस्कार, पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिता आयोजना गर्नका लागि करीब १४ लाख १८ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको संयोजक सुनारले जनाउनुभयो ।

सो प्रतियोगिताको उद्घाटनका दिन विभिन्न किसिमका सांस्कृति झाँकीले नेपालगन्जको बजारमा नगर परिक्रमा गरी, नृत्य तथा सांस्कृति कार्यक्रम र तेक्वान्दो खेलको प्रदर्शनी गरिने जनाइएको छ ।

विगतदेखि मोडेल आइटिएफ तेक्वान्दो एकेडेमीका खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई पदक जित्न सफल हुँदै आएका छन् ।