काठमाडौं, पुस १२ गते । मङ्गोलियामा पशुधनको सङ्ख्या २०२३ को अन्त्यमा ६४.७ मिलियन पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा ९.१ प्रतिशतले कम हो ।
देशको राष्ट्रिय तथ्याङ्क कार्यालय (एनएसओ)का अनुसार बारम्बार हिउँ र आँधी र गम्भीर मौसमी अवस्थाले पशुधनको सङ्ख्यामा कमी आएको बताएको छ । राष्ट्रव्यापी जनगणनाको प्रारम्भिक नतिजाले कुल पशुधनको ४५.५ प्रतिशत भेडा, ३८.० प्रतिशत बाख्रा, ८.३ प्रतिशत गाईवस्तु, ७.५ प्रतिशत घोडा र ०.७ प्रतिशत ऊँट रहेको देखाएको छ ।
एसियाली मुलुकका २१ प्रान्तमध्ये उत्तरी प्रान्त खुव्स्गुलमा ५.७ मिलियन, मध्य प्रदेश तुभ र अर्खङ्गाईमा क्रमशः ४९ लाख र ४८ लाख पशुधन छ । मङ्गोलिया संसारको जीवित घुमन्ते देशहरूमध्ये एक हो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल