• ८ असार २०८१, शनिबार

४६ करोड लागतमा पुल निर्माण

blog

कपिलवस्तुको शिवराज नगरपालिका सुराही खोलामा बनेको पुल । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, पुस १२ गते । कपिलवस्तुको शिवराज नगरपालिका–१ र वडा ९ जोड्न सुरही खोलामा ३ सय ६० मिटर लामो पुल निर्माण सम्पन्न भएको छ । 

बस्ती बसेको पाँच दशकपछि ४६ करोड १५ लाख ३० हजारको लागतमा पुल निर्माण भएको छ । दशकौँपछि पुल निर्माण हुँदा स्थानीयहरू लाभान्वित भएको लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले बताउनुभयो । 

खोलाका गाउँमा पुग्न सहज भएको छ । पुल नहुँदा वर्षातको समयमा आवत–जावत गर्ने अवस्था थिएन । विद्यार्थी महिला तथा बिरामी हुँदा सास्ती खेप्नुपरेको केसीको भनाइ छ । 

शिवराज नगरपालिकाको पश्चिमी भेगका जनताले पुल निर्माणपछि खुसी भएको नगरपालिकाको वडा १ तुरन्तपुरकी ममता विष्टले बताउनुभयो । पुल नभएको कारण बाढी आउँदा खोला तर्नेबेला केही मानिसलाई बगाएको थियो । अहिले बजार जान आउन, स्थानीय उत्पादन बेच्न सहज भएको विष्टले बताउनुभयो । 

सो पुल २०७७ असोज १२ गतेबाट निर्माण सुरु गरिएको थियो । निर्माण सम्पन्न अवधिभन्दा एकवर्ष अघि सञ्चालनमा आएको छ । पुल निर्माणको जिम्मा टुन्डी कन्स्ट्रक्सन प्रालिले पाएको थियो । पुल निर्माण सम्पन्न भएपछि स्थानीयलाई सहज भएको छ ।