• ८ असार २०८१, शनिबार

मालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

blog

मालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु । तस्बिर : ठाकुर आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, पुस १२ गते । म्याग्दीको मालिका गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा गाउँपालिका केन्द्र दरबाङमा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको गाउँपालिका अध्यक्ष बेग प्रसाद गर्बजा र समाजसेवी बलमान रोकाले उद्घाटन गर्नुभएको हो । 

प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न ११ वटा विद्यालयका विद्यार्थी खेलाडीहरूले सहभागिता जनाएका छन् । प्रतियोगिताले विद्यालय स्तरमा खेलाडी उत्पादनमा टेवा पुग्ने पालिका अध्यक्ष गर्बुजाले  विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगिताले नयाँ प्रतिभाहरूको पहिचान र खेलाडीको क्षमता विकासमा योगदान पुगेको उहाँको भनाइ छ । कबड्डी, भलिबल र एथलेटिक्स विद्यातर्फ छात्र र छात्राहरूको १५ र १५ इभेन्टमा प्रतियोगिता सञ्चालन गरिएको छ । प्रतियोगितामा विजेता विद्यालयलाई ८० हजार रुपियाँको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने गाउँपालिकाका शिक्षा अधिकृत   अशोक रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः ६० हजार र ४० हजार रुपियाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । प्रतियोगिता तीनदिन सम्म सञ्चालन हुनेछ ।