• १२ मंसिर २०८१, बुधबार

प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या २१ हजार नाघ्यो

गाजामा नयाँ वर्षका सबै उत्सव रद्द गर्ने घोषणा

blog

गाजापट्टीमा इजरायली आक्रमण

काठमाडौं, पुस १२ गते । गाजापट्टीमा इजरायलको आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या २१ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता अशरफ अल–किद्राले पत्रकार सम्मेलनमा गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २१ हजार ११० जनाको मृत्यु र ५५ हजार २४३ घाइते भएको जानकारी दिनुभयो ।

उहाँले पछिल्लो २४ घण्टामा इजरायली हमलाका कारण १९५ जनाको ज्यान गएको र ३२५ जना घाइते भएको र अस्पतालमा भर्ना गरिएको बताउनु भयो । यसैबिच प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद श्तेयेहले बुधबार गाजापट्टीमा इजरायलको निरन्तर सैन्य कारबाहीका कारण नयाँ वर्षका सबै उत्सवहरू रद्द गर्ने घोषणा गर्नुभएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल