• १२ मंसिर २०८१, बुधबार

इटालीले २०२३ मा बेहोर्‍यो ३७८ प्रकृतिका मौसमी घटना

blog

काठमाडौं, पुस १३ गते । इटालीले २०२३ मा ३७८ वटा गम्भीर प्रकृतिका मौसमी घटनाहरू बेहोरेको अध्ययनले देखाएको छ । वातावरणीय लबी समूह लेगाम्बाएन्टद्वारा सञ्चालित जलवायु पर्यवेक्षकका अनुसार इटालीले २०२३ मा ३७८ गम्भीर प्रकृतिका मौसम घटनाहरू बेहोर्नुपरेको हो ।

जुन गत वर्षको तुलनामा २२ प्रतिशतले बढेको छ । गर्मीको लहरदेखि खडेरी, असिनापानी, बाढी र आँधी लगायतका घटना बेहोर्नुपरेको बताइएको छ । मौसमी विपदबाट कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।

अर्कोतर्फ इटालीको बुट आकारको प्रायद्वीपमा यस वर्ष दैनिक नौभन्दा बढी कठोर मौसम घटनाहरू भएको कृषि क्षेत्र सङ्घ कोल्डिरेट्टीले बताएको छ । आफ्नो प्रतिवेदनमा कोल्डिरेट्टीले चरम मौसमले बाली र कृषि पूर्वाधारमा ६ बिलियन यूरो (६.६ बिलियन अमेरिकी डलर) क्षति पुर्‍याएको छ ।

जसले देशको जैतुनको तेल, आरु, अमृत र गहुँको उत्पादनमा कमी आएको छ । देशको उत्तरी भाग सबैभन्दा बढी प्रभावित भएको २१० अलग–अलग चरम मौसमी घटनाहरू भएको बताइएको छ । ९८ मध्य क्षेत्रहरूमा र ७० दक्षिणमा सिसिली र सार्डिनियाको टापु क्षेत्रहरू मौसमी विपद् आएको बताइएको छ ।

मौसमी घटनाहरूमध्ये धेरै बाढी, उच्च तापक्रम, वर्षाले गर्दा पहिरो गएको थियो । धेरै जसो युरोपले यस वर्ष लामो र सुख्खा गर्मी र धेरै गम्भीर मौसम घटनाहरूको सामना गरेको छ ।  सिन्ह्वा/न्यूज एजेन्सी नेपाल