खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उपभोक्ता समितिलाई सहजताको लागि योजना कार्यान्वयन पुस्तिका प्रयोगमा ल्याएको छ ।
सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । शुक्रबार सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले प्रतिवादीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
पुस मसान्तमा काम सक्ने गरी ठेक्का लगाइएको दमक-चिसापानी (फाल्गुनन्द) सडकको पुनः एक वर्ष म्याद थप गर्ने सहमति भएको छ । तीन खण्डमा रहेको सो सडकको विभिन्न चरणमा म्याद थप गर्दै निर्माण अगाडि बढाइएको थियो ।
सन् २०२१ मा अमेरिकी संसद भवनमा भएको आक्रमणमा संलग्न भएको आरोपमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी वर्ष हुने अमेरिकी राष्ट्रपतीय प्राथमिक (प्रथम चरण) को निर्वाचनमा अमेरिकी राज्य मेनको मतपत्रमा राख्नका लागि अयोग्य घोषित गर्ने निर्णय गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका-१० गोलौरीका ४८ वर्षीय माधव केसी व्यावसायिक रुपमा उन्नत जातका माहुरीपालन गरेर सफल माहुरी उद्यमीको रुपमा स्थापित हुनुभएको छ ।
ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ ।
सुन्तला बिक्रीबाट यहाँका महिला किसानले राम्रो आम्दानी गर्दै आएका छन् । सुन्तला बिक्रीबाट राम्रो आम्दानी हुन लागेपछि रहरले सुन्तलाखेती गरेका महिला पनि व्यावसायिकरुपमा सुन्तलाखेतीतर्फ आकर्षित भएका हुन् ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सङ्घीयतालाई दिगो र सबल तुल्याउन सङ्घीय सरकारले प्रत्येक प्रदेश सरकारलाई यथाशीघ्र अधिकार प्रत्यायोजित गर्नुपर्ने बताउनुभएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना टरेको बताउनुभएको छ । कोशी प्रदेशमा वर्तमान सर्वदलीय सरकार नै निरन्तर चल्ने र आवश्यक विकास तथा सेवा प्रवाहको काम अघि बढ्ने उहाँले बताउनुभयो ।
प्रहरीले वैदेशिक रोजगारीका लागि अमेरिका पठाउने भनी करिब १४ लाखभन्दा बढी रुपियाँ लिई सम्पर्कविहीन भएका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
२४ सै घण्टा जिल्लाभर रहेका कार्यालयबाट छुट्टाछुट्टै प्रहरी टोली ‘क्लिन स्विप अप्रेशन’मा खटिएका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताउनुभएको छ ।
‘अन्नपूर्ण बटरफ्लाई म्युजियम’का रुपमा रहेको यो सङ्ग्रहालय अन्नपूर्ण प्राकृतिक इतिहास सङ्ग्रहालयका रुपमा पनि परिचित छ । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना ९एक्याप० को सञ्चालनमा रहेको यस सङ्ग्रहालय २०२३ सालमा अमेरिकी पिसकोरका स्वयंसेवक स्व। डोरोथी मिरोले स्थापना गर्नुुभएको हो ।
तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङस्थित मगर लाफा भिलेजमा रहेको घुमाउने घर । यस ठाउँ आन्तरिक पर्यटकको गन्तव्यस्थलको रुपमा विकास भएको छ ।
ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ ।