शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कालीकोट समाचारदाता
कालीकोट, पुस १३ गते । रास्कोट नगरपालिका–३, कोलिकागाउँस्थित मालिका आधारभूत विद्यालयमा कक्षाकोठा अभाव भएपछि विद्यार्थीले छतमा परीक्षा दिइरहेका छन् । विद्यालयमा कक्षा ८ सम्म पढाइ हुन्छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमनाथ योगीका अनुसार भवन अभावमा विद्यार्थीलाई अध्ययनमा समस्या भएको बताउनुभयो । उहाँले पालिकासँग भवन माग गरिए पनि कुनै सुनुवाइ नभएको बताउनुभयो ।
स्थानीय बासिन्दा अशोकनाथ योगीले विद्यालय भवन निर्माणमा नगरपालिका गम्भीर बन्नुपर्ने बताउनुभयो । रास्कोट नगरपालिका–३ का वडाध्यक्ष राजेन्द्रनाथ योगीले विद्यालय भवनका लागि कार्यपालिका बैठकमा धेरै पटक कुरा उठाए पनि पछि गरौँला भन्दै टार्ने गरिएको बताउनुभयो ।