सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा लापरबाही गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने भएको छ ।
लगनशील हुने हो भने कृषि गर्न आफ्नै जग्गा चाहिन्छ भन्ने छैन, भाडामा लिएको जग्गाबाट पनि पर्याप्त आम्दानी गर्न सकिन्छ भनेर यहाँका एक कृषकले उदाहरण दिनुभएको छ ।
धनुषा र सिरहाको सीमा क्षेत्रमा रहेको कमला खोलाबाट उत्खननका लागि सिफारिस दिएको आरोपमा सिरहाका एक वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ ।
चुरे तथा वन क्षेत्रमा अवैध रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न ठेकेदारलाई सिफारिस दिएको आरोपमा डिभिजन वन कार्यालय लहानले कर्जन्हा नगरपालिका-१ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेललाई शुक्रबार पक्राउ गरेको छ ।
तनहुँको बन्दीपुर पालिकाले सामुदायिक (छाडा) कुकुरको बन्ध्याकरण अभियान चलाएको छ । छाडा कुकुरले मानिसलाई झम्टिन खोज्ने, रेबिज रोग फैलाउने जस्ता समस्या बढेपछि शिविर नै राखेर बन्ध्याकरण गरिएको हो ।
बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षका विकास निर्माणका आयोजना समयमै सम्पन्न गर्नका लागि सबै तहबाट काम अगाडि बढाउन मातहतका निकायलाई निर्देशन गरेको छ ।
तनहुँको देवघाट गाउँपालिका-१ का ६० वर्षीय ओमबहादुर गुरुङ लामो समयदेखि बिजुलीको उज्यालो आउने आशामा हुनुहुन्छ । लामो समयदेखि गाउँका डाँडापाखाबाट राति देखिने बजारमा बलेको बिजुली गाउँमा बल्ने भनेपछि खुसी हुनुभएका ओमबहादुर अहिलेसम्म पनि बिजुली गाउँमा आइनपुग्दा चिन्तामा हुनुहुन्छ ।
नेकपा एमाले निकट उद्योगी व्यवसायीहरूको सङ्गठन नेपाल उद्योग तथा वाणिज्य महासङ्घ बाँकेको दोस्रो अधिवेशनले व्यवसायी भीम रानाभाटको अध्यक्षमा ३१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।
पछिल्लो समय सुदूरपश्चिममा माछापालन व्यवसायतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । यहाँका करिब दुई सयभन्दा बढी प्राकृतिक तालतलैया र सयौँ कृत्रिम पोखरीमा व्यावसायिक माछापालन हुँदै आएको छ ।
ऐसेलुखर्क गाउँपालिका-१ राखाबाङ्देलस्थित स्वास्थ्यचौकी भवन ठेकेदारको लापरबाहीले अलपत्र परेको छ । दुई वर्षअघि नै बनिसक्नुपर्ने उक्त भवन ठेकेदार कम्पनी गौरी पार्वती न्यु टेक्निकलको चरम ढिलासुस्ती तथा लापरबाहीका कारण अलपत्र परेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँमा सञ्चालित राष्ट्रिय गौरवका तथा अन्य विकासका योजना समयमा विशेष चासो व्यक्त गर्दै आउनुभएको छ ।
बिहान सबेरै उठेका फुटबल प्रशिक्षक इन्द्र लिम्बू प्रशिक्षार्थीसँग खेल मैदानमा भेटिनुहुन्छ । भविष्यमा राष्ट्रिय टिममा रहेर खेल खेल्ने चाहनाका साथ मैदानमा आएका ३० जना १३ वर्षमुनिका विद्यार्थीलाई दैनिक बिहान प्रशिक्षक लिम्बूले फुटबलको तालिम गराई रहनुभएको छ ।
स्थापनाको ५० वर्षमा प्रवेश गरेको लमजुङको दोर्दी गाउँपालिका-७ फलेनीस्थित बालकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा स्थानीय सहयोगदाताले ४० लाख १८ हजार प्रदान गरेका छन् ।
पोखरा महानगरपालिका-२७ डाँडाकोनाक जारी पोखरा लेखनाथ महोत्सवको प्रवेश गेटमा शनिबार बिहान बस दुर्घटना भएको छ । बागलुङबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस दुर्घटना हुँदा ३० वर्षीय ईश्ववती कुमारीको मृत्यु भएको हो ।
नारायणी नदीमा नयाँ पुलको काम सुरु भएको छ । पुलको नक्साङ्कनको काम भइरहेको छ भने निर्माणस्थलको माटो परीक्षण पनि सम्पन्न भएको छ ।