• १५ मंसिर २०८१, शनिबार

बन्दीपुरमा कुकुर आतङ्क रोक्न बन्ध्याकरण अभियान

blog

बन्दीपुरमा कुकुरको बन्ध्याकरण गरिँदै ।

अमरराज नहर्की

तनहुँ, पुस १४ गते । तनहुँको बन्दीपुर पालिकाले सामुदायिक (छाडा) कुकुरको बन्ध्याकरण अभियान चलाएको छ । छाडा कुकुरले मानिसलाई झम्टिन खोज्ने, रेबिज रोग फैलाउने जस्ता समस्या बढेपछि शिविर नै राखेर बन्ध्याकरण गरिएको हो । 

कुकुरलाई रेबिजविरुद्ध खोप समेत लगाइएको छ । बिहीबारदेखि सुरु गरिएको शिविरमा हालसम्म एक सय १७ कुकुरको निःशुल्क बन्ध्याकरण, रेबिज रोग विरुद्धको खोप सहित उपियाँको औषधि समेत प्रदान गरिएको छ । वडा नं. १ स्थित पशु कार्यालयको भवन नाहालामा र १३ गते वडा नं. ४ स्थित बन्दीपुर गाउँपालिकास्थित कार्यालयको परिसरमा सामुदायिक तथा घरपालुवा कुकुरहरूमा निःशुल्क बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिएको पशुपन्क्षी तथा मत्स्य विकास शाखाका प्रमुख मधुबिलास न्यौपानेले जानकारी दिनुभयो। पहिलो दिन ६३ वटा, दोस्रो दिन ५४ वटा गरी एक सय १७ कुकुरको बन्ध्याकरण गरिएको उहाँले जानकारी दिनुभयो । 

पालिकाले भेटेनेरि अस्पताल र पशु सेवा विज्ञ केन्द्र तनहुँको सहकार्यमा शिविवर सञ्चालन गरिरहेको छ । ठुलो सङ्ख्यामा रहेका छाडा कुकुरले गर्दा समुदाय राजमार्ग तथा अन्य स्थानहरूमा दुर्घटना बढ्ने, भुक्दै मानिसको पछिपछि दौडेर टोक्न खोज्ने तथा रेबिज रोग फैलिनसक्ने भएकोले बन्ध्याकरण सहित रेबिज रोगको खोप समेत लगाइएको छ । शिविरमा भेटेनेरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीका डा. अनन्त कोइराला, माडी नगरपालिका चितवनका पशुपन्क्षी शाखाका प्रमुख डा. रविन बस्ताकोटी तथा व्यास नगरपालिकाका डा. मनोज विश्वकर्मा भेटेनेरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका डा. रोशन ज्ञवाली बन्दीपुर गाउँपालिका पशुपन्क्षी शाखाका डा. सफल पौडेल शाखाका प्रमुख मधु विलास न्यौपाने लगायत शाखाका प्राविधिक तथा कर्मचारीहरूको टोलीले बन्ध्याकरण गर्नुभएको छ । 

यस्तै, शिविरमा पाँच जना डाक्टर सहित अन्य प्राविधिक जनशक्तिको व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ ।