• १० मंसिर २०८१, सोमबार

जिन्दगानी यात्रा (कविता)

blog

जिन्दगानी यात्रा सधैँ 

कहिले नसकिने

यौटा सक्नासाथै फेरि 

अर्को थालिहाल्ने.....


०००

भेट हुन्छन् हजार थरी 

निस्केदेखि पुग्दासम्म

आँखाभित्र कैद दृश्य 

मुटुभित्र राख्दासम्म

अन्त नहोस् मान्छेसित भेट्नु भेटिराख्ने

जिन्दगानी यात्रा.........


०००


यौटा दृश्य तिमी बन्नू

भित्री मन भिजाउने

यस्तो होस् कि बिदा हुँदा

दुवै आँखा डुबाउने 

सधैँ होओस् भावनामा नयन रसाउने

जिन्दगानी यात्रा..........


०००


कहिले काहीँ बिर्सिएका

विगतका यादहरू

बाटैभरि भेटिइन्छन्

सिद्धिएका म्यादहरू 

यिनैसित सधैँ होओस् माया मिसाउने

जिन्दगानी यात्रा......


०००


नभेटियुँ जस्तो लाग्छ

कोहीसित जहिले

जम्काभेट उसैसित

हुने गर्छ पहिले

भेट होस् कि विगतको तितो बिर्साउने

जिन्दगानी यात्रा.......