मुलुकको अर्थतन्त्र गतिशील हुँदै जाने प्रक्षेपण गरिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्नुभएको नेपालको अर्थव्यवस्थाबारे प्रतिवेदनले आन्तरिक र बाह्य सूचकमा आएको सुधारका कारण आगामी अर्थतन्त्र गतिशील हुँदै जाने देखाएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्देशनपछि पोखराको प्याराग्लाइडिङ उडान आइतबारबाट खुल्ने भएको छ । व्यवसायीबिचको विवादले रोकिएको उडान आइतबारबाट हुने नेपाल हवाई खेलकुद संस्था पोखरा र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबले जनाएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । तमु ल्होसारका अवसरमा आज शुभकामना दिँदै उहाँले पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ । तमु ल्होसारका अवसरमा आज शुभकामना दिँदै उहाँले राष्ट्रियताको सम्वद्र्धन र समुदायको पहिचानमा नै मुलुकको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहेको बताउनुभयो ।
गाईवस्तुमा लाग्ने ‘लम्पी स्किन’ विरुद्धको खोप नेपालमै उत्पादन हुने भएको छ । कृषि तथा पशु सेवा विभागले ‘लम्पी स्किन’ विरुद्धको खोप उत्पादन गर्ने तयारी गरिरहेका बेला एक निजी कम्पनी हेस्टर बायो साइन्स नेपालले उत्पादन पनि सुरु गरिसकेको छ । हेस्टरले खोप उत्पादनको परीक्षणसमेत गरेर त्यसको अनुमतिका लागि दुई हप्ताअघि औषधी व्यवस्था विभागमा निवेदन पनि दिइसकेको छ ।
विकास निर्माण गाउँ गाउँमा पुगे पनि विकास उपभोग गर्ने जनसङ्ख्या भने अहिले सहर केन्द्रित भएका छन् । सङ्घीय व्यवस्था कार्यान्वयनमा आएदेखि नै क्रमिक रूपमा सरकारले साधन, स्रोत र जनशक्ति नागरिकको घरदैलोमा पु¥याए पनि अहिले विकास उपभोग गर्ने जनसङ्ख्या भने सहर केन्द्रित हुँदै गएका छन् । राष्ट्रिय जनगणना, २०७८ अनुसार गाउँपालिकामा भन्दा नगरपालिकामा बस्ने जनसङ्ख्या तेब्बर रहेको छ । कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ मध्ये नगरपालिकामा एक करोड ९२ लाख ९६ हजार ७८८ र गाउँपालिकामा ९८ लाख ६७ हजार ७९० जना बसोबास गर्छन् ।
वर्षौंदेखि बाढीसँगै बगिरहेको निपनियाको पुरातात्त्विक महत्त्वको सम्पदालाई आकस्मिक उद्धार उत्खनन (रेस्क्यु एस्काभेसन) गर्न थालिएको छ । लुम्बिनी विकास कोषले पुरातत्त्व विभागसँगको सहकार्यमा कुषाणकालीन माटोद्वारा निर्मित इनारको आकस्मिक उद्धार उत्खनन गर्न थालेको हो ।
गुल्मीको गुल्मी दरबार गाउँपालिका –१, बलिथुमका मानबहादुर फुङ्जेली मौरीपालन व्यवसायमा हुनुहुन्छ । उहाँ बिहान उठेदेखि साँझ अबेरसम्म मौरीको हेरचाहमा व्यस्त रहने गर्नुभएको छ ।
नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा संविधान पुनरावलोकनको विषय उठान भएको छ ।
दशरथ रङ्गशालामा शनिबार साँझ भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ गोलले हराउँदै ललितपुर च्याम्पियन बनेको हो ।
सातै प्रदेशका मुख्यमन्त्रीले सङ्घीय सरकारलाई संविधानको कार्यान्वयन गर्न अल्टिमेटम दिएका छन्। शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा पुगेर संविधानको कार्यान्वयन गर्न संघ सरकारलाई अल्टिमेटम दिएका हुन्।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको तीन वटै तहका सरकारमा रहेका कांग्रेसका जनप्रतिनिधिलाई देश र जनताको पक्षमा राम्रा काम गरेर देखाउन निर्देशन दिनुभएको छ ।
इलाम सदरमुकामस्थित ठूलो टुँडीखेलमा आउँदो माघ दोस्रो साता हुने प्रथम इलाम गोल्डकपका लागि दर्शक बस्न अस्थायी प्याराफिट बनाउँदै मजदुर ।
पछिल्लो समय बाँकेका विभिन्न ठाउँमा सवारी दुर्घटना बढ्न थालेपछि प्रहरीले विभिन्न प्रकारका चेकजाँच र सचेतना कार्यक्रमलाई तिव्रता दिएको छ ।
दोश्रो संस्करणको प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । वीरगञ्जमा शनिबार भएको फाइनलमा पुलिसले पर्सा–११ लाई एक सय रनले हरायो ।