ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण विकास निर्माणका योजना वर्षौंदेखि अलपत्र परेका समाचार धेरै आउने गर्छन् तर यहाँको एक सडक योजना भने लक्ष्यभन्दा एक वर्षअगावै सम्पन्न भएको छ । दुई वर्षको ठेक्का अवधि भएको बेनी–गलेश्वर सडक आयोजनाका ठेकेदारले एक वर्षमै निर्माण काम सम्पन्न गरेपछि ठेकेदारले प्रशंसा पाएका छन् । छिटो छरितो र राम्रो काम गरेको भन्दै स्थानीयले ठेकेदारलाई सम्मान गरेका छन् ।
सदरमुकामको छेउमै रहेको मनमोहक मानिने टरुवा ताल अहिले संरक्षणको अभावमा कुरूप बन्दै गएको छ । कावासोती नगरपालिका–७ र ८ को सङ्गममा रहेको टरुवा तालको संरक्षणमा बेवास्ता हुन थालेपछि अहिले झाडीले तालको सौन्दर्य नै लोप हुने अवस्था आएको हो । कावासोती–७ का स्थानीय हरिलाल महतो थारूले सदरमुकाम कावासोतीमा रहेको एक मात्र टरुवा ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यहाँका स्थानीय र सरकारी निकायले समेत चासो दिएका छैनन् । दुई वर्षअघि केही काम भए पनि अहिले भने काम शून्य हुँदै जान थालेको छ ।
अबदेखि कोही कसैलाई अन्याय भएमा प्रहरी चौकीसम्म पुग्नुपर्ने झन्झट हट्ने भएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटले ‘क्युआर कोड स्क्यान’ बाटै प्रहरीमा उजुरी गर्न मिल्ने व्यवस्था मिलाएपछि त्यो झन्झट हटेको हो । प्रहरी कार्यालयले उजुरी प्रक्रियालाई प्रभावकारी बनाउन डिजिटल तरिकाले उजुरी दिन सकिने व्यवस्था मिलाएको छ । स्थानीय नागरिकले गुनासो र उजुरीका लागि प्रहरी कार्यालय धाउनुपर्ने बाध्यताको पनि अन्त्य भएको छ ।
कर्णालीमा सामुदायिक सिकाइ केन्द्रमार्फत ‘जीवनपर्यन्त सिकाइ’ कार्यक्रम सुरु गरिएको छ । यो कार्यक्रम सङ्घीयतापछि ओझेलमा परेको अनौपचारिक तथा आजीवन शिक्षालाई ब्युँताउनका लागि हो । जिल्लाको ७९ वटै पालिकामा जीवनभर सिक्न सक्ने र समाजमा भइरहेको विकाससँग घुलमिल हुँदै अगाडि बढ्नका लागि यो सिकाइलाई जोड दिइएको जनाइएको छ । अनौपचारिक शिक्षा तथा आजीवन सिकाइबारे नीति तथा कार्यक्रम र भावी कार्यदिशा तय गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।
शिक्षकले तलबबाहेक पाउने थप सुविधा भनेको घरनजिकको विद्यालयमा अध्यापनको मौका मात्रै हो तर अङ्ग्रेजी विषय पढाउने शिक्षक गणेशदत्त पाण्डेयको जीवनमा भने यो सुविधा कहिल्यै लागु भएन । उहाँ झिसमिसेमै उठेर विगत २७ वर्षदेखि दैनिक दुई घण्टा पैदल हिँडेर विद्यालय जान बाध्य हुनुहुन्छ । दशरथचन्द नगरपालिका–४, जरगौँका पाण्डेय ४, ५ र ८ नम्बर वडाका आधा दर्जन विद्यालय छिचोलेर दशरथचन्द नगरपालिका–१०, बाराकोटास्थित दानेश्वर माविमा पुग्नुहुन्छ ।
जिल्लाको सबैभन्दा अग्लो पहाडी क्षेत्रको घना जङ्गल फँडानीको चपेटामा छ । सामुदायिक वन अन्धाधुन्ध रूपमा स्थानीयले फँडानी गर्दा खानेपानीको मुहान सुकेका छन् । वन फँडानी कार्यप्रति सामुदायिक वन उपभोक्ता समिति पदाधिकारी र डिभिजन वन कार्यालयका कर्मचारी चुपचाप बसेका छन् । अमरगढी नगरपालिका–६ र ७ को डडेलधुरा–बैतडी जोड्ने महाकाली राजमार्गको भालुमारे सडकखण्डसँग जोडिएको यो वन फँडानीको चपेटामा छ ।
राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गादेखि काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण पुनः प्रारम्भ भएको छ ।
इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ । लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठजस्ता राष्ट्रिय खेलाडीहरूको जन्मभूमि हो इलाम तर जिल्लामा कतै पनि पक्की प्यारापेटसहितका स्तरीय खेलमैदान छैनन् ।
कैलालीको धनगढीमा कुहिने फोहोरबाट खाना पकाउन सकिने ग्यास उत्पादन गरिँदै छ । धनगढी उपमहानगरपालिका–२ मा बायो प्लान्ट स्थापना गरी फोहोरबाट कम्प्रेस नेचुरल ग्यास (सिएनजी) उत्पादन गर्न थालिएको हो । यसलाई बायो मिथेन ग्यास भन्ने गरिन्छ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, धनगढी उपमहानगरपालिका र देव तालिम केन्द्रको लगानीमा प्लान्ट निर्माण गरिएको छ । यसलाई २० वर्षसम्म सञ्चालनको अधिकार भने देव तालिम केन्द्रले पाएको छ ।
बागमती प्रदेश सरकारले मातहतका अस्पतालमा शय्या सङ्ख्या तीन गुणाभन्दा बढीले वृद्धि गरेको छ । स्वास्थ्यमाथिको नागरिकको पहुँच वृद्धि गर्ने योजनासहित प्रादेशिक अस्पतालमा विगतको स्वीकृत शय्यामा तीन गुणाभन्दा बढीले थप गरिएको हो । प्रदेश मातहतका १३ वटा प्रादेशिक अस्पतालमा गरी यसअघि स्वीकृत शय्या सङ्ख्या ३८५ रहेकोमा वृद्धि गरी हाल स्वीकृत शय्या एक हजार २७५ पु¥याइएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रादेशिक अस्पतालको स्तरोन्नति शय्याममा अस्पतालको शय्या थप गरिएको जानकारी दिनुभयो ।
थामी जातिको उद्गम थलो मानिएको दोलखाको भीमेश्वर नगरपालिका–१, सुस्पामा थामी सङ्ग्रहालयका केही संरचना निर्माण गरिएका छन् । राङराङथली निर्माण थालिएको थामी सङ्ग्रहालय वरपर गोलाकारमा तिलक पोखरीलगायतका संरचना निर्माण गरिएको छ । नगरका पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन प्रमुख इन्जिनियर सुरेश राउतका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ३२ लाख ८८ हजार, २०७६/७७ मा ३० लाख र २०७७/७८ मा ७५ लाख गरी कुल एक करोड ३७ लाख रुपियाँको लगानीमा गोलाकारको तिलक पोखरी, पुल, खानेपानी, सडक, पिकनिक स्पोर्टलगायतका संरचना निर्माण भएका छन् । ओझेलमा परेको प्राचीन एवं ऐतिहासिकसमेत रहेको राङराङथलीको प्रचारप्रसार गरी पर्यटकमैत्री बनाउन गोडर खोला र गुम्फा आपोको बिच भागमा यो पोखरी तयार भएको छ । यो पोखरीले त्यहाँ पुग्ने सबैलाई लोभ्याउने गरेको छ ।
बनेपा–सिन्धुली–बर्दीबास बिपी राजमार्गमा विद्युतीय रिचार्ज स्टेसन बढ्दै गएको छ । पूर्वी नेपालको तराईका जिल्लालाई छोटो दुरीमा राजधानी काठमाडौँसँग जोड्ने बिपी राजमार्गमा पछिल्लो समय वातावरणमैत्री विद्युतीय सवारीसाधनको सङ्ख्या बढेसँगै रिचार्ज स्टेसन बढ्दै गएको हो । १६० किलोमिटर लम्बाइको उक्त राजमार्गमा विद्युतीय सवारीसाधन रिचार्ज गर्ने स्टेसन तीन वर्षअघिसम्म तीन ठाउँमा मात्रै थियो । अहिले झन्डै डेढ दर्जन स्थानमा रिचार्ज स्टेसन स्थापना गरिएको छ । सो राजमार्गमा रिचार्ज स्टेसन बढेसँगै सवारीसाधन रिचार्ज गर्न सुविधा पुगेको व्यवसायी बताउँछन् ।
केही वर्षयता मुलुकको ठुलो जनशक्ति वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा जाने क्रम निरन्तर चलिरहेको छ । सामथ्र्य र पहुँच अनुसारका मुलुकमा गएर पसिना बगाएर उनीहरूले पठाएको धनले परिवारको पालनपोषण गर्ने मात्र नभई देशको अर्थतन्त्रमा समेत भरथेग पुगिरहेको छ । विश्व अर्थतन्त्रमा देखिएको विषम परिस्थितिका बाबजुद मुलुकको अर्थतन्त्र धरमर नहुनुका पछाडि रेमिट्यान्स पनि मुख्य आधार भएको आर्थिक विश्लेषकको भनाइलाई नकार्न सकिन्न । वैदेशिक रोजगार कम्प
नेपालको संविधानको भाग ८ धारा ८३ मा सङ्घीय व्यवस्थापिकासम्बन्धी व्यवस्था छ । जस अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभा नामका दुई सदनसहितको सङ्घीय व्यवस्थापिका हुने र जसलाई सङ्घीय संसद् भनिन्छ । गत वर्ष सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ बाट प्रतिनिधि सभा गठन भई सो सभाले आफ्नो कार्य गरिरहेको छ । प्रतिनिधि सभाको अवधि संविधानबमोजिम अगावै विघटन भएकोमा बाहेक पाँच वर्षको हुने छ भने राष्ट्रिय सभा एक स्थायी सदन हुने संवैधानिक व्यवस्था
मानव समाजमा सूचना सम्प्रेषण र उपभोग हुने तरिकामा क्रान्ति नै आएको छ । सूचनाको प्रकृति, गुणस्तर, विविधता, समावेशिता, वस्तुनिष्ठता जस्ता गुणमा मनग्य विकास गर्न भने अझै निकै मेहनत गर्नुपर्ने छ । आमसञ्चारका माध्यमले परम्परागत र डिजिटल दुवै प्रकारका मञ्च अँगाल्ने हुनाले विकसित बहुपक्षीय मिडिया परिदृश्यमा डिजिटल एवं सामाजिक मिडियाबाट सार्वजनिक हितमा पर्ने प्रभावप्रति समुचित ध्यान अपेक्षित हुन्छ नै ।