• १२ साउन २०८१, शनिबार

उजुरी दिन प्रहरीकहाँ पुग्नु नपर्ने

blog

उजुरीका लागि क्युआर कोड स्क्यान गर्न पोस्टर टाँस्दै प्रहरी । तस्बिर : प्रेमराज सिम्खडा

कालीकोट समाचारदाता

कालीकोट पुस १५ गते । अबदेखि कोही कसैलाई अन्याय भएमा प्रहरी चौकीसम्म पुग्नुपर्ने झन्झट हट्ने भएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटले ‘क्युआर कोड स्क्यान’ बाटै प्रहरीमा उजुरी गर्न मिल्ने व्यवस्था मिलाएपछि त्यो झन्झट हटेको हो । प्रहरी कार्यालयले उजुरी प्रक्रियालाई प्रभावकारी बनाउन डिजिटल तरिकाले उजुरी दिन सकिने व्यवस्था मिलाएको छ । स्थानीय नागरिकले गुनासो र उजुरीका लागि प्रहरी कार्यालय धाउनुपर्ने बाध्यताको पनि अन्त्य भएको छ । 

जिल्ला सदरमुकाम मान्मका विभिन्न क्षेत्रमा अहिले ‘क्युआर कोड’ टाँसिएको छ । प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीले परम्परागत तरिकाबाट दिइने सेवालाई नागरिकको सहजता र पहुँच कायम गराउन द्रुत जवाफ (क्विक रेस्पोन्स) कोड सार्वजनिक गरिएको बताउनुभयो । 

“विशेष गरी नागरिकका गुनासा, समस्या र रचनात्मक सुझाव सङ्कलन गर्न क्युआर कोडको प्रयोग गरिएको प्रहरी प्रमुख केसीको भनाइ छ” “क्युआरबाट प्राप्त उजुरी कार्यान्वयन भए/नभएको विवरण उजुरीकर्तालाई दिने उहाँले बताउनुभयो ।” 

“शान्तिसुरक्षामा समस्या र कमजोरीका साथै सुदृढ सेवा प्रवाहका लागि स्थानीयले जहाँबाट पनि प्रविधिमार्फत उजुरी दिन सक्ने छन्,” उहाँले भन्नुभयो, “क्युआर कोड स्क्यान’ बाट उजुरी दिने उजुरीकर्ताको नाम भने गोप्य राखिने छ ।