नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा सन् २०२३ सन्तोषजनक नरहेको जनाएको छ । महासङ्घद्वारा आज जारी एक विज्ञप्तिमा यस वर्ष प्रेस स्वतन्त्रता हननसम्बन्धी ५८ घटना अभिलेख भएको उल्लेख छ ।
ऐतिहासिक, पुरातात्त्विक एवम् धार्मिक महत्त्व बोकेको पोखराको पर्यटकीयस्थल गुप्तेश्वर महादेव गुफामा पर्यटकीय आकर्षण बढेको छ । गुफाभित्रबाट मनोरम डेभिजफल (पातले छाँगो) को दृश्यावलोकन गर्न पर्यटकको भीड लाग्ने गरेको छ ।
म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई २–० गोलले हरायो ।
महिलामा घातक रोगको रूपमा देखिएको पाठेघरको मुखको क्यान्सर रोग परीक्षण र उपचारका लागि सचेतना फैलाउन आवश्यक रहेको बताइएको छ।
नेपालगञ्ज नाकाबाट भारत तथा तेस्रो मुलुकमा जान लागेका करिब २४ हजार महिला तथा बालबालिकाहरूको उद्धार गरिएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालमा उत्पादन हुने च्याउको बजारीकरण हुनुपर्नेमा जोड दिनुभएको छ। आइतबार ललितपुरमा राष्ट्रिय च्याउ दिवस एवं च्याउ मेला तथा परिकार महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको एक कारखानामा शनिबार र आइतबारको मध्यरातमा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
सन् २०१७ मा १०० जनाभन्दा धेरैको ज्यान लिने गरी पोर्चुगलमा फैलिएको उष्णलहर र डढेलोबाट प्रभावित बनेकी २४ वर्षीया क्लाउडिया डुआर्टे अगोस्टिन्होसहित उनका २० वर्षीय भाइ मार्टिम र ११ वर्षीया बहिनी मारियानासहित छ जनाले ३२ वटा देशका सरकारविरुद्ध मुद्दा हालेका थिए ।
बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो अत्यधिक बढ्दै गएको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित हुँदै गएको छ भने अर्कोतिर यहाँबाट सङ्घीय राजधानी र पश्चिम नेपालका विभिन्न पहाडी जिल्लामा हुने हवाई उडानहरू प्रभावित भएका छन् ।
नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको पहिलो क्वालिफायर खेलमा एपीएफले कोशी प्रदेशलाई ५२ रनले हरायो ।
गुरुङ समुदायले आज (आइतबार) ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गेटामा मेडिकल विश्वविद्यालय बन्ने प्रक्रिया अघि बढ्ने बताउनुभएको छ ।
नेपाल भारोत्तोलन सङ्घको आयोजनामा पुस २४ देखि २६ गतेसम्म भक्तपुरमा २६औँ, पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिप हुने भएको छ ।
सर्वोच्च अदालतले पाँच वर्ष नाघेका मुद्दालाई चालु आर्थिक वर्षको अन्त्यसम्ममा शून्यमा पुर्याउने लक्ष्यका साथ मुद्दा फर्छ्योटलाई तीव्रता दिएको छ ।
म्याग्दीको मङ्गला गाउँपालिकाको आयोजनामा चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।