अङ्ग्रेजी नयाँ वर्ष २०२४ मनाउन कन्याम र अन्तुमा स्वदेशी र विदेशी पर्यटक भरिभराउ भएका छन् । बाह्रै महिना पर्यटकले भरिभराउ हुने कन्याम र अन्तुमा अङ्ग्रेजी नयाँ वर्षको स्वागत गर्न आइतबार थप भिडभाड बढेको छ । नेपालका विभिन्न जिल्लाका र विशेष गरी भारतीय पर्यटकले यहाँका प्रायः सबै होटल, होमस्टे बुकिङ गरिसकेका छन् ।
गोरखापत्र संस्थानका प्रकाशनहरूको ग्राहक बन्दा दिइएको विशेष छुटको समय थप भएको छ । नयाँ ग्राहकका लागि विशेष छुट कार्यक्रम अन्तर्गत संस्थानले सुरु गरेको यो योजना पुस मसान्तसम्म लागु हुने संस्थानको वितरण विभागले जनाएको छ ।
चितवनको इच्छाकामना गाउँपालिकामा आजदेखि सुन्तला महोत्सव हुँदैछ । सुन्तलाको बजारीकरण गर्न उक्त महोत्सव आयोजना गरिएको हो ।
रुपन्देहीको बुटवलदेखि कपिलवस्तुको गोरुसिङेसम्मको सडक ‘चार (फोर) लेन’ मा स्तरोन्नति हुने भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको यो सडकखण्ड स्तरोन्नति गर्नका लागि टेन्डर प्रक्रिया सुरु भएको छ । २०२० सालमा बनेको यो सडकखण्ड छ दशकपछि स्तरोन्नति हुने भएको हो । पहिलो खण्ड अन्तर्गत बुटवलदेखि गोरुसिङेसम्म ५० किलोमिटर सडक दुई खण्डमा स्तरोन्नति हुने छ । सडक विभागले बिहीबार ३० दिनको समय तोकेर टेन्डर आह्वान गरेको छ ।
दाङको राप्ती गाउँपालिका–१, पुलचोक भालुवाङमा लक्ष्मी खनालले होटल व्यवसाय सञ्चालन गर्नुभएको करिब ११ वर्ष बित्यो । भालुवाङ नजिकैबाट राप्ती नदी बगेको छ । राप्तीलाई आधार बनाएर उहाँले यहाँ होटल सञ्चालन गर्नुभएको हो । यहाँका स्थानीय व्यापारीले राप्ती नदीबाट त्यस्तो कुनै आर्थिक लाभ उठाउन सकेका छैनन् । प्रदेशको स्थायी राजधानी घोषणा भए पनि व्यापारिक चहलपहलले सोचे जस्तो बजार लिएको छैन । होटल व्यवसायी लक्ष्मी परम्परागत व्यापारले बजार नलिएको बताउनुहुन्छ ।
जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरले व्यक्तिगत लगानीमा पाँच वर्षयता एभोकाडोको विरुवा बाँड्न थाल्नुभएको छ । कृषकलाई आधुनिक खेतीतिर आकर्षित गर्न निजी लगानीमा एभोकाडोको बिउ उमारेर विभिन्न स्थानमा वितरण गरिरहनुभएको हो । “एक वर्षमा ३०/४० हजारको बिउ उमारेर निःशुल्क बाँड्ने गरेको छु ।” कुँवरले भन्नुभयो, “राम्रो उत्पादन र आयआर्जनमा सहज भएकाले आफैँ बिउ उमारेर यहाँका कृषकलाई बाँड्ने गरेको छु ।”
कमैया मुक्त भएको २२ वर्ष पुग्दा पनि उचित पुनस्र्थापना नभएको भन्दै मुक्त कमैया तथा कमलरीले फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन् । मुक्त कमैया र कमलरीका अगुवाले सङ्घीय राजधानी काठमाडौँमा सरोकारवालासित भेटेर ११ बुँदे माग राखे । उनीहरूले आफ्ना मागहरूको यथाशीघ्र सम्बोधन नभएमा पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । मुक्त कमैया तथा कमलरीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठलगायतसँग भेट गर्नुभएको थियो ।
नेपाली कांग्रेसले आज ४८औँ मेलमिलाप दिवस मनाउँदै छ । पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला [बिपी] लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किनुभएको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ ।
विद्यालयका पाठ्यपुस्तकसम्बन्धी विषयलाई लिएर बर्सेनि विवाद हुने गरेको छ । शैक्षिक सत्र सुरु भएर कक्षाकोठामा पढाइ प्रारम्भ गइसक्दा पनि पाठ्यपुस्तकको अभावमा के पढ्ने, पढाउने भन्ने अन्योल हुने गरेको तितो यथार्थप्रति सम्बन्धित निकाय बेखबर रहेको पक्कै पनि होइन । कहिले छपाइका लागि कागज नभएको, कहिले मेसिन बिग्रिएको, कहिले जनशक्तिको अभाव भएको, कहिले समयमा निर्देशन प्राप्त नभएको जस्ता कुतर्कले ढिलाइ भएको भन्ने पाठ्यपुस्तक छपाइको जिम्मे
नेपाली अर्थतन्त्रमा छाएको मूल निराश भनेको– अब यो देशमा केही हुँदैन, बाहिर नै जानु पर्छ भन्ने भाष्य निर्माण हो । यसका विरुद्ध देशभित्रै केही हुन्छ, गर्न सकिन्छ भन्ने प्रवृत्तिका अनेक उदाहरणीय काम पनि भइरहेका छन् । स्वदेश फर्किएर कतिपय युवाले लगानी गरिरहेका छन् । आय, उत्पादनसँगै रोजगारी सिर्जना गरिरहेका छन् तर बाहिर जाने अनेक बाध्यता छन् र ती बाध्यताको सम्यक् विश्लेषण गरी त्यस्ता बाध्यतालाई चिर्ने प्रयासहरू भने असाध्य कमजोर छन् । बाहिर गई आफ्नो परिवारको आर्थिक बोझलाई सरलीकरण गर्ने सपना बोकेका दुई जना युवाले गएको शुक्रबार उपत्यकामै ज्यान गुमाउनु परेको पीडा यतिबेला ता
विसं २०६३ मङ्सिर ५ गते सरकार र तत्कालीन विद्रोही माओवादी पक्षबिच भएको बृहत् शान्ति सम्झौतामा छ महिनाभित्र सङ्क्रमणकालीन न्यायका विषय टुङ्गो लगाउने भनिएको थियो । १७ वर्ष बितिसक्दा पनि उक्त मामिला फत्ते हुन सकेको छैन । यस अवधिमा गठित सत्य निरूपण तथा बेपत्ता छानबिन जस्ता आयोगले ६० हजारभन्दा धेरै उजुरी सङ्कलन गरे पनि पीडितलाई न्याय र परिपूरणको काम हुन सकेको छैन । नयाँ संसद् चुनिएपछि गत फागुन २५ मा संसद्मा दर्ता भएको बेपत्ता पारिएको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक अहिलेसम्म पनि त्यत्तिकै अलपत्र छ ।
‘...म मरेपछि नेपाली कांग्रेसमा मेरो भूमिकाका बारेमा व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुने छ भन्ने मलाई पक्का छ ।’ नेपाली कांग्रेसको इतिहास लेख्ने सन्दर्भमा शैलजा आचार्यको उपस्थितिमा बिपीले यी वाक्य गणेशराज शर्मासँग भन्नुभएको बिपीको जेल जर्नल किताबको पृष्ठ (छ, ज) मा उल्लेख छ । २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापनादेखि २०३९ सालसम्म नेपाली कांग्रेस बिपीको विराट व्यक्तित्वबाट आच्छादित थियो । अहिलेसम्म पनि नेपाली कांग्रेसमा मानिसको आकर्षण र सम्बन्धको आधार र कार
नेपाली राजनीतिका नक्षत्र बिपी कोइरालालाई सम्झने अनेक दिनमध्ये पुस १६ पनि एक हो । असार ६ स्मृति दिवस र भदौ २४ जन्मजयन्तीबाहेक नेपाली माटोमा जननिर्वाचित प्रथम प्रधानमन्त्री बनेको दिन जेठ १३ पनि बिपी कोइरालाको सम्झना जोड्न मिल्ने दिन हो । त्यो प्रधानमन्त्री र उहाँलाई प्रधानमन्त्री बनाउने संसद्लाई राजा महेन्द्रले विघटन गरेको दिन पुस १ गतेलाई कालो दिवसका रूपमा मनाउने प्रचलन लोकतन्त्र बहालीसँगै विस्मृतिमा गए पनि देशमा पहिलो जननिर्वाचित प्रधानमन्त्री नियुक्त भएको दिन राष्ट्रिय गौरवको दिन हो ।
पुस १६ गते अर्थात् नेपाली कांग्रेसको इतिहासमा नयाँ आयाम थपिएको दिन ! कांग्रेस र यसका भातृसंस्था तथा शुभेच्छुक संस्थाले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउने दिन ! २००७ साल फागुन ७ गते राणा शासनको अन्त्यसँगै प्रजातन्त्रको प्रादुर्भाव भएको थियो । देशमा प्रजातन्त्रको अभ्यास सुरुवात भयो । राजा र जनता मिलेर ल्याएको प्रजातान्त्रिक अभ्यास स्वाभाविक रूपले हुन सकेन । राजसंस्थाले आफूमा शक्ति केन्द्रित गर्ने प्रयासका कारण फुटाउ र राज गर भन्ने सिद्धान्त अपनाउँदा दलहरूमा समेत विखण्डन तथा अविश्वासको वातावरण निर्माण भयो ।
दोलखाको भीमेश्वर नगरपालिका–४ जिलुका हीराबहादुर घतानी बाउन्न घुस्सा ५३ ठक्कर खाएर अन्त्यमा बाबुबाजेको पेसामा फर्कनु भएको छ । काठको कामबाट सुन चाँदीको काम र ठेक्कापट्टाबाट पनि खासै उँभो लाग्ने नदेखेपछि पुर्खाबाट सिकेको काठका भाडा बनाउने पेसामा आएर स्थिर हुन लागेको उहाँले स्पष्ट पार्नु भयो ।