कैलालीको चुरे गाउँपालिकाका बाढी, पहिरो प्रभावितहरुको विचल्ली भएको छ । थातथलोबाट विस्थापित भएको तीन वर्ष भए पनि पुनःस्थापना हुन नसक्दा उनीहरुको विचल्ली भएको हो ।
जनकपुरधाममा थारु आयोग काठमाडौंले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले आयोगको कामप्रति गुनासो पोखेका छन् । जनकपुरधाममा आयोजित प्रदेश तथा जनप्रतिनिधिसँग भएको अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले आयागले थारुहरुको हकहितका लागि खासै काम गर्न नसकेको गुनासो गरेका हुन् ।
चीनबाट अनुदानमा प्राप्त भएको कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा सिनोभ्याक खोप खेर गएको छ।
बाँकेको नौवस्तामा रहेको बालसुधार गृहका बालबन्दीबिच विवाद हुँदा झडप भएको छ । बाँकेको बैजनाथ –३, गाभरस्थित नौवस्तामा रहेको क्षेत्रीय कारागारमा रहेको बालसुधार गृहका बाल बिज्याइँकर्ताबिच तनाव उत्पन्न हुँदा झडप भएको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरलले जानकारी दिनुभयो ।
काठमाडौंको डल्लु आवासमा ‘जात्रा यात्राको’ सांगीतिक महोत्सव सम्पन्न भएको छ।
माछापुच्छ्रे गाउँपालिकामा वडा नम्बर ९ मा रहेको मर्दी हिमालको हाइक्याम्पबाट एक जना स्वीडेन नागरिक बेपत्ता भएका छन् ।
सुदूरपश्चिम सरकारले शुक्रबार ललितपुरको बालकुमारी घटनामा मारिएका अछामको चौरपाटी गाउँपालिकाका २२ वर्षीय वीरेन्द्र शाहको परिवारलाई क्षतिपूर्ति स्वरुप दुई लाख रुपियाँ दिने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले युरोपेली नियोगले नेपालको हवाई सुरक्षामा लगाएको कालोसूचीका सम्बन्धमा उठाइएका प्रश्नको सम्बोधन गरी त्यसको अक्षरशः पालना गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिनुभएको छ।
नेपालमा शान्ति सम्झौता भएको १७ वर्ष पूरा भए पनि द्वन्द्वकालका अवशेषहरु बाँकी रहेकाले नागरिकलाई खतरा कायमै रहेको बताइएको छ । बारुदी सुरुङ प्रतिबन्ध अभियान नेपालले आज पत्रकार सम्मेलन गरी सो खतरा औल्याएको हो ।
नेपाली कांग्रेसका उपसभापति तथा नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सबै धर्म, संस्कृति, भेषभुषाको सम्मान गरे मात्र देश एकतामा जोडिने बताउनुभएको छ।
आगोलागीबाट पाल्पाको एक घरमा क्षति भएको छ । रामपुर नगरपालिका –८ एक्लेटार खम्चुवास्थित रामप्रसाद न्यौपानेको घरमा आगोलागी हुँदा घरमा क्षति पुगेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सभा निर्वाचनका लागि पुस १८ गतेसम्म उम्मेदवार सिफारिस गर्न प्रदेश कार्यसमितिलाई जिम्मेवारी प्रदान गरेको छ ।
सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसका लागि गृह मन्त्रालयलाई आइतबारै निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियताको संवर्द्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधीनता र समृद्धि निर्भर हुने बताउनुभएको छ।
नवलपुरको बुलिङटार गाउँपालिका–४ देउरालीका ३४ वर्षीय लक्ष्य आले मलेसियामा चार वर्ष, कतारमा तीन वर्ष ९ महिना गरी ७ वर्ष ९ महिना विदेशी भूमिमा पसिना बगाउनुभयो ।