प्रकाशविक्रम शाह
धनगढी, पुस १५ गते। सुदूरपश्चिम सरकारले शुक्रबार ललितपुरको बालकुमारी घटनामा मारिएका अछामको चौरपाटी गाउँपालिकाका २२ वर्षीय वीरेन्द्र शाहको परिवारलाई क्षतिपूर्ति स्वरुप दुई लाख रुपियाँ दिने भएको छ।
मुख्यमन्त्री कमलबहादुर शाहले शाहको निधनले आफू दुःखी भएको बताउदै परिवारजनको पीडामा मल्हम लगाउन दुई लाख रुपियाँ राहत दिने बताउनुभयो।
शाहको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दे धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अघि प्रदर्शन भएको छ।
प्रदर्शनकारीले मृतकको शव अछाम पुर्याउनु पर्ने, मृतकलाई शहीद घोषणा, परिवारलाई उचित क्षतिपूर्ति, आफन्तलाई रोजगारी र आमाबुवालाई पालनपोषण गर्नुपर्ने लगायतका आठ बुँदे माग राखेको मृतकका आफन्त भरतबहादुर शाहले बताउनुभयो।