• १५ मंसिर २०८१, शनिबार

मर्दीमा स्वीडेन नागरिक बेपत्ता

blog

होटल होटल म्याजिक माउण्टेनबाट प्राप्त तस्बिर

रमेश पौडेल

पोखरा, पुस १५ गते । माछापुच्छ्रे गाउँपालिकामा वडा नम्बर ९ मा रहेको मर्दी हिमालको हाइक्याम्पबाट एक जना स्वीडेन नागरिक बेपत्ता भएका छन् ।

माइकल लियु बोल्मबे्रग नाम रहेका पर्यटक मर्दी हिमालको हाइक्याम्पमा पुस १४ गते बिहान निस्किएपछि सम्पर्कमा नआएको होटल म्याजिक माउण्टेनका संचालक मेखबहादुर तामाङले जानकारी दिनुभयो । होटल म्याजिकमा बसेका उनको पार्सपोर्ट होटलमा नै रहेकाले स्वीडेन नागरिक रहेको खुलेको छ । व्यवसायी तामाङले भन्नुभयो, ‘‘हाइक्याम्पबाट फर्किने समयमा नआएपछि हामीहरुले तत्काल खोजी कार्यमा जुटेका हौँ ।’

बेलुकासम्म हाइक्याम्पबाट नपर्फिएपछि स्थानीय र होटल संचालकले खोजी गर्दा पनि नभेटेको माछापुच्छ्रे गाउँपालिका वडा नं ९ का वडाअध्यक्ष हरिबहादुर क्षेत्रीले बताउनुभयो।

कास्की प्रहरीका प्रवत्ता एवं प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकले पोखराबाट प्रहरी टोली सिदिङ पुगिसकेको जनाकारी दिदै मर्दीमा आज पुग्ने र भोलि सोमबारबाट खोजी कार्य सुरु गर्ने जानकारी दिनुभयो ।

स्थानीय प्रहरी, पर्यटनव्यवसायीले खोजीकार्य जारी नै राखेका छन् । उनी दाँया साइड गएमा एबिसितिर जान सक्ने भएकाले सो क्षेत्रमा पनि खोजी कार्य भइरहेको अध्यक्ष क्षेत्रीले बताउनुभयो । बेपत्ता स्वीडेन नागरिकको खोजीका लागि काठमाडौंमा रहेको स्वीडेनको काउन्सिलर हुँदै दिल्लीमा रहेको स्वीडेनको दूतावासमा पनि जानकारी गराइसकेको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।