सन् २०२४ को नयाँ वर्षको आगमनमा घण्टी बजेको केही सेकेन्डपछि इजरायली युवा नयाँ वर्ष मनाउँन तेल अभिभ शहरका सडकमा बेफिक्री हिँडिरहेका देखिन्थे ।
आइतबार बिहान दाङमा भएको यात्रुवाहक बस दुर्घटानामा घाइते भएकामध्ये २७ जनाको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ ।
कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार एक अभियुक्तलाई ३० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरले फरार अभियुक्त टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ५ खावाका ४६ वर्षीय पूर्णहाङ राईलाई यही पुस १४ गते राति पक्राउ गरेको हो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बालकुमारी घटनालाई सामान्य रुपमा लिन नहुने जिकिर गर्नुभएको छ । सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्नुहुँदै अध्यक्ष केसीले यस्तो बताउनुभएको हो ।
मगर समुदायको प्रख्यात झामरे नाच संरक्षणका लागि पहल थालिएको छ । तनहुँको ऋषिङ गाउँपालिका-६ स्थित डुकुडाँडा लाफा युवा क्लब र जय दुर्गा आमा समूहले झामरे नाच उत्थान र संरक्षणका लागि पहल गरेका हुन् ।
माध्यमिक शिक्षा परिषद (एसईई) मा ३ जिपिए ल्याउनुभएकी रचना प्राविधिक विषय अध्ययन गर्न राप्ती प्राविधिक शिक्षालयमा भर्ना हुनुभयो । कक्षा २ मा पढ्दा रचनाले बुवा गुमाउनु भएको थियो । जहान पाल्न सकस भएपछि रचनाकि आमा वैदेशिक रोजगारीमा जानुभयो ।
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल पुग्न सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ८९ रनको मध्यम लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला व्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८८ रनको योगफल बनायो ।
कालीकोट जिल्लाका तीन स्थानीय तहका एक हजार एक सय विपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।
नेपालगन्जमा भारतीय नागरिकलाई लक्षित गरेर सञ्चालनमा रहेका करिब एक दर्जन क्यासिनोमा नेपालमा प्रतिबन्धित भारु नोट चल्ने गरेको गुनासो आएपछि प्रहरीले सो बारेमा खोजतलाश सुरु गरेको छ ।
प्यालेस्टिनी केन्द्रीय तथ्याङ्क विभागले सन् १९४८ यताका अन्य वर्षभन्दा सन् २०२३ मा द्वन्द्वमा बढी प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ ।
विगतमा चरम लोडसेडिङ रहेको अवस्थामा डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत उपभोग गरेका उद्योगी र नेपाल विद्युत प्राधिकरणबीच देखिएको महसुलसम्बन्धी विवाद समाधानका लागि प्रशासकीय पुनरवलोकनमा जानु उत्तम विकल्प हुने देखिएको छ ।
बाँकेको डुडुवा गाउँपालिका-५ कम्दीमा हिन्दू र मुस्लिम समुदायले मनाउने ऐतिहासिक हजरत बाबा कम्मर शाह मेला सुरु भएको छ । हिन्दू र मुस्लिम समुदायले मिलेर सञ्चालन गर्ने मेलामा भारतबाटसमेत हजारौँ दर्शनार्थी आउने गरेका छन् ।
विकासका परम्परागत प्रवृत्ति र ढर्रालाई परिवर्तन गरेर हामी नयाँ शैली र प्रवृत्ति अपनाउने गरी सोह्राैं योजना तयार हुँदैछ ।
नेपाल प्रहरीले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतलाई पक्राउ गरेको छ । सोमबार राष्ट्रिय धोती दिवस मनाउन बबरमहलबाट माइतीघर मण्डलातर्फ जाँदैगर्दा अध्यक्ष राउतलाई प्रहरीले पक्राउ गरेको हो ।
उहाँले पोष्टमार्टमपछि घटनाबारे थप विवरण आउने बताउनुभयो ।