बालकुमारी घटनामा ज्यान गुमाएका परिवार र सरकारपक्षबिच सोमबार चार बुँदे सहमति भएको छ ।
दाङमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत दुधरासमा बसले ठक्कर दिँदा विद्यार्थीको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतामा निरासा बाँड्नेहरू राष्ट्रवादी हुन नसक्ने बताउनुभएको छ। नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।
गोरखापत्रका पूर्वसम्पादक गोकुलप्रसाद पोखरेलको सोमबार निधन भएको छ । उहाँ ८७ वर्षका हुनुहुन्थ्यो । उहाँ दमको समस्याबाट पीडित हुनुहुन्थ्यो ।
वरिष्ठ कथाकार विजय चालिसेको ५७ औं कृति अभिसप्त रात कथा संग्रह प्रकाशित भएको छ । जापानी कथालाई नेपालीमा अनुवाद गरी उहाँले सो कृति प्रकाशनमा ल्याउनुभएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका पाँच वटा आन्तरिक विमानस्थलमा झोला जाँच (ब्यागेज चेक) गर्ने एक्स-रे मेसिन जडान गर्ने भएको छ ।
ताप्लेजुङमा एक वर्षे अवधिमा मानवअधिकार उल्लङ्घनका ६८ घटना रहेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रतिनिधि एलिना दियालीका अनुसार एक वर्षको अवधि अर्थात सन् २०२३ भित्र उक्त सङ्ख्यामा मानवअधिकार उल्लङ्घनका घटना भएका हुन् ।
संघीयता कार्यान्वयनमा संरचना र कानुनको अभाव चुनौती देखिएको छ । सङ्घीयता आफैमा खराव नभइ यसलाई प्रयोग गर्ने प्रवृति खराव रहेको प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले बताउनुभयो ।
प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले नेपाल-भारतबीचको विद्युत व्यापारसम्बन्धी सम्झौतालगायतका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसँग जानकारी लिने भएको छ ।
नेपाली कांग्रेसका सभापति सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र भएको बताउनुभएको छ ।
१३ औं राष्ट्रिय टोपी दिवसका अवसरमा नेपालगन्जमा सर्वसाधारण र प्रहरीलाई ढाका टोपी वितरण गरेर टोपी दिवस मनाएका छन् । वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत सबै प्रहरीलाई पुग्नेगरी वडा ५ का युवा समाजसेवी अजिज मलिकले ढाका टोपी वितरण गर्नुभएको हो ।
बाँकेको नरैनापुर गाउँपालिका–२ स्थित मदरसा दारुल उलूम अमजदिया बरकातियाका प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
झापा शिवसताक्षीका किसानमा तोरी खेतीमा आकर्षण बढ्दै गएको छ ।
सर्लाहीसहित तराईका जिल्लामा तीन दिनदेखि अत्यन्त कठ्याङ्ग्रिदो चिसो भइ जनजीवन कष्टकर बन्दैगएको छ ।
बालबालिका पिङमा रमाइरहेका छन् । किशोरकिशोरी कलाकारका गीतमा झुमेका छन् । कसैलाई खेलको चिन्ता, कसैलाई व्यवसायको चिन्ता । बुधबारदेखि सुरु भएको सातौँ बागलुङ महोत्सवको मुख्य मञ्चको दायाँतर्फका प्रदर्शनी कक्ष भरिभराउ छन् ।