झापा गाउँपालिका–३ फूलबारी टोलमा रहेको पोल्ट्री फार्ममा आगलागी हुदा १ हजार बोइलर कुखुरा र चारो जलेर नष्ट भएको छ । आइतबार राति स्थानीय मानबहादुर खड्काको कुखुरा फर्ममा आगलागी भएको हो ।
उहाँले पर्यटनलाई प्रदेशको आम्दानीको स्राेत बनाउने गरी प्रदेश सरकारले नीति बनाउने बताउँदै बढी भन्दा बढी पर्यटक प्रदेशभित्र भित्र्याउने लक्ष्य रहेको सुनाउनुभयो ।
भारतको दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा नेपाली दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव ७५ अङ्कले घटेर दुई हजार ६० दशमलव १५ को बिन्दुमा कायम भएको छ ।
ट्रस्टले जिल्लाको पूर्वखोला गाउँपालिकालाई सात लाख रुपियाँ बराबरको आगो नियन्त्रण तथा खोज र उद्दार कार्यमा प्रयोग हुने सामग्रीहरू हस्तान्तरण गरेको हो ।
चीनको सिनजियाङको होर्गोस बन्दरगाहले २०२३ मा तीन लाखभन्दा बढी सवारी साधन निर्यात गरेको छ ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले काठमाडौँ बासीलाई आवश्यक खानेपानी आपूर्ति गर्न सरकारसँग आग्रह गर्नुभएको छ । सोमबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा छिटो वितरण गर्न माग गर्दै खनालले लिमिटेडलाई ज्ञापन पत्र समेत बुझाउनु भएको छ ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका-८ स्थित पन्द्रुङ माओवादी जनयुद्धका क्रममा राज्यपक्षबाट मारिएका प्रथम सहिद दिलबहादुर रम्तेलको गाउँ हो । गाउँपालिकाको केन्द्र ताकुकोट नजिकै पर्ने पन्द्रुङमा मनमोहक देखिने जराङ डाँडा छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ कांग्रेसभित्र आफूले चलखेल गर्न नचाहेको बताउनुभएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हेटौँडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
चिया उत्पादन हुने जिल्ला इलामसहितका जिल्लामा चियाको टिपाइ बन्द भएको छ । हिउँद लागेसँगै हरियो चियाको उत्पादन बन्द भएको हो ।
रुसले यही डिसेम्बर २९ तारिखका दिन युक्रेनको राजधानी किभसमेत ओडिस्सा, डेनिप्रो, खार्खिभ, लभिभ समेत धेरैवटा शहरलाई लक्षित गरी एक सय ५८ वटा हाइपरसोनिक क्षेप्यास्त्र, ड्रोनले आक्रमण गर्यो ।
टर्कीका सुरक्षा बलहरूले देशका ३७ प्रान्तहरूमा हिरोज–३८ कोड नामको अपरेशनमा इस्लामिक स्टेटका १८९ संदिग्ध सदस्यहरूलाई पक्राउ गरेको छ ।
हिमालबाट आएको मर्स्याङ्दी नदीको सङ्लो र कञ्चन पानी तथा स्वच्छ हावाको महसुस गर्दै प्राकृतिक सुन्दरताको भरपुर मनोरञ्जन लिन पाइने क्षेत्र हो मनाङ । सहरको कोलाहलबाट टाढिएर प्रकृतिमा रमाउन चाहनेका लागि नदी किनारका साथै हिमाल हाँसेको जस्तो आभास दिने एवम् अग्ला पहाडका चुचुरा हेर्दै उकालो चढ्दै जाँदा स्वर्गमै पुकेको जस्तो अनुभूति हुन्छ ।
इलामको पर्यटकीय क्षेत्र जौबारी–गैरीबास क्षेत्रमा आज लोपोन्मुख सूचीमा रहेको जनावार रेडपाण्डा मृत भेटिएको छ ।