काठमाडौं, पुस १६ गते । टर्कीका सुरक्षा बलहरूले देशका ३७ प्रान्तहरूमा हिरोज–३८ कोड नामको अपरेशनमा इस्लामिक स्टेटका १८९ सन्दिग्ध सदस्यहरूलाई पक्राउ गरेको छ ।
यो अपरेशन सबै प्रान्तमा एकसाथ गरिएको थियो । आन्तरिक मन्त्री अली येर्लिकायाले यसबारे जानकारी गराउनुभएको हो । अधिकांश सन्दिग्धलाई राजधानी अङ्काराबाट पक्राउ गरिएको थियो ।
एकै समयमा देशको सबैभन्दा धेरै जनसङ्ख्या भएको शहर इस्तानबुलमा २२ जनालाई पक्राउ गरिएको थियो । टर्की सरकारले २०१३ मा इस्लामिक स्टेटलाई आतङ्कवादी सङ्गठन तोकेको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल