• १५ मंसिर २०८१, शनिबार

संविधानको पुनरावलोकन गरिनुपर्छ : काँग्रेस नेता लेखक

blog

नेपाली कांग्रेसका सदस्य रमेश लेखक । फाइल तस्बिर

काठमाडौं, पुस १४ गते । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा संविधान पुनरावलोकनको विषय उठान भएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकको तेस्रो दिन शनिबारको बैठकमा केन्द्रीय सदस्य रमेश लेखकले संविधान पुनरावलोकन गर्नुपर्ने बेला भएको बताउनु भयो । 

नेता लेखकले भन्नुभयो, ‘‘यो संविधान जारी भएको आठ वर्ष भइसक्यो ।  आठ वर्षमा यसको अभ्यास पनि हामीले हेरेका छौँ, मलाई के लाग्छ भने संविधानका मूल तत्वहरुलाई प्रभावित नगर्ने गरी संविधानको कार्यान्वयनको समीक्षा र पुनरावलोकनमा जानुपर्छ ।’’  

लेखकले बैठकमा प्रवेश गराएको संविधान पुनरावलोकनको विषयमा अन्य नेताले बहसको विषय बनाएका छन् । 

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नेता लेखकको प्रस्तावको पक्षमा आफ्ना भनाइ राख्नुभयो ।

यसैगरी, केन्द्रीय सदस्य बलबहादुर केसीले अहिले संविधान पुनरावलोकन गर्न नहुने तर्क राख्नुभयो । 

वर्तमान सत्ता गठबन्धनको विकल्प नरहेको भन्दै नेता लेखकले त्यसलाई प्रभावकारी र क्रियाशील बनाउन जोड दिनुभयो ।