• १३ मंसिर २०८१, बिहिबार

गाईभैँसीको आयात घटाउन प्रोत्साहन भत्ता

blog

अमरराज नहर्की

तनहुँ, पुस १५ गते । भारतबाट उन्नत जातका भैँसी तथा गाईको ठुलो सङ्ख्यामा हुने आयात घटाउन तनहुँमा किसानलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले पाडापाडी र बाच्छाबाच्छी हुर्काउने किसानलाई कृषकलाई व्यवस्था गरिएको हो । 

भैँसीमा मुर्रा र गाईमा होलस्टेन, जर्सीलगायतका उन्नत जातका पाडापाडी/बाच्छाबाच्छी गरी सात वटालाई हुर्काउन अनुदानका लागि रकम विनियोजन गरिएको र त्यसका लागि सूचनासमेत प्रकाशित गरिसकिएको केन्द्रले जनाएको छ । 

कृत्रिम गर्भाधान गरी जन्मिएका उन्नत नस्ल सुधार कार्यक्रम अन्तर्गत व्यवस्था गरिएको केन्द्रका प्रमुख केन्द्रका प्रमुख डा. राजेशकुमार चौधरीले बताउनुभयो । उन्नत जातका भैँसी तथा गाई भारतबाट ठुलो सङ्ख्याबाट आयात हुने भएकाले त्यसलाई प्रतिस्थापनमा मद्दत पु¥याउने उद्देश्यले प्रोत्साहन रकमको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । 

कृत्रिम गर्भाधान उन्नत जातको नस्ल मात्रै गरिने भएकाले त्यसको मात्रै अनुदानको व्यवस्था गरिएको चौधरीले बताउनुभयो । चौधरीले भन्नुभयो, “दुध तथा मासुमा आत्मनिर्भर बनाउन र भैँसी तथा उन्नत गाई भारतबाट ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न प्रदेश सरकारले कार्यक्रम ल्याएको हो ।” 

एउटा हुर्काउँदा १० हजार रुपियाँका दरले सात जना किसानलाई अनुदान दिन ७० हजार रुपियाँ रकम विनियोजन गरिएको केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिंह ठकुरीले बताउनुभयो । अनुदान पाएपछि कृषकले हुर्काउने र दीर्घकालीन रूपमा परनिर्भरता हटाउन सहयोग पुग्ने विश्वास गरिएको उहाँले बताउनुभयो । 

तनहुँले अन्डा र दुधमा आत्मनिर्भर हुँदै बाह्य जिल्लामा समेत निर्यात गर्दै आएको छ । पछिल्लो समय जिल्लामा व्यावसायिक पशुपालन गर्ने कृषकको सङ्ख्या बढ्दै गएपछि मासुमा आत्मनिर्भर बन्न सकेको हो ।