• १३ असोज २०८१, आइतबार

मेलमिलाप नीति ‘लोकतन्त्र र जनता’ मा केन्द्रित : महामन्त्री शर्मा

blog

सोमबार ४८ औं राष्ट्रिय एकता दिवस तथा मेलमिलाप दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्नुहुँदै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा ।

काठमाडौं, पुस १६ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जननायक बीपी कोइरालाले लोकतन्त्र र जनता केन्द्रमा राखेर मेलमिलाप नीति लिनुभएको बताउनुभएको छ ।

सोमबार ४८ औं राष्ट्रिय एकता दिवस तथा मेलमिलाप दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले बीपीले कुनै संस्था वा कुनै दललाई नभई राष्ट्रियताका लागि सहकार्य र लोकतन्त्र स्थापनाको सङ्घर्षका लागि लिइएको नीतितर्फ राजनीतिक दलको ध्यानाकर्षण हुनुपर्ने भनाइ राख्नुभयो ।

शर्माले भन्नुभयो, “जुन बेला बीपी कोइराला मेलमिलापको नीति लिएर आउँदा त्यो बेला बीपी राष्ट्रियताका लागि सहकार्य गर्ने तर लोकतन्त्र स्थापनाका लागि सङ्घर्ष गर्ने । अन्ततः सङ्घीय लोकतन्त्रको जगमा हामी छौं । कुनै संस्था, कुनै दल होइन, लोकतन्त्र र जनता केन्द्रमा थियो ।’’

‘‘अहिले पनि हाम्रो मेलमिलापको केन्द्र के हुन सक्छ । हामीले यो विषय राष्ट्रिय रुपमा ध्यानाकर्षण गर्न चाहेका छौं ।,” उहाँले भन्नुभयो ।

महामन्त्री शर्माले सरकार र प्रतिपक्षबिच संविधान बलियो बनाउन सहकार्य जरुरी रहेको धारणा औंल्याउनुभयो । उहाँले भन्नुभयो, “सरकारमा हौं या प्रतिपक्षमा हौं संधिवान बलियो बनाउन सहकार्य जरुरी छ । जिम्मेवार सपना, २०८४ होइन, ९५ सालमा पुग्दै गर्दा देशलाई कहाँ पुर्‍याउने भन्ने सोचाइ बनाउन जरुरी छ ।”

राजनीतिक दलले जिम्मेवार सपना बोक्नुपर्ने भन्नुहुँदै अबको १५ वर्षपछि देशलाई कहाँ पु¥याउने भन्ने सोचाइ बनाउन जरुरी रहेको उहाँको भनाइ छ ।