प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विश्वविद्यालय लगायतका शिक्षाका सम्पूर्ण संरचनामा प्रतिस्पर्धा गराउन चाहेको भन्दै त्यसका लागि तयार रहन प्राज्ञहरूलाई आग्रह गर्नुभएको छ ।
बाँकेको नौवस्तास्थित बाल सुधार गृहबाट फरार रहेका मध्ये एक जना (बालबिज्याईकर्ता) सम्पर्कमा आएका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार अझै १४ जना भने सम्पर्कविहीन नै छन् ।
नेपाली कांग्रेस गुल्मीले वडा केन्द्रित अभियान सुरु गरेको छ । गत मङ्सिर ९ र १० गते सम्पन्न दोस्रो जिल्ला सम्मेलनबाट पारित तम्घास घोषणापत्र अनुसार 'गुल्मी कांग्रेसको अठोट, सबल वडा, सक्षम टोल' अभियान अन्तर्गत रहेर वडा केन्द्रित अभियान सुरु गरेको हो ।
मध्य जापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या ३० पुगेको राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ।
तनहुँको व्यास नगरपालिका-१० दुम्सीमा निर्माण गरिएको कृषि उपज बिक्री तथा सङ्कलन (हाट बजार) केन्द्र प्रयोगमा नआउँदै भत्किन थालेको छ । हाट बजारका लागि बनेको संरचना व्यवस्थित गर्न नसक्दा तीन वर्ष अघिदेखि अलपत्र अवस्थामा छ ।
कसैलाई केही फलिफाप भयो भने भनिन्छ, खुदो पल्टियो । तर साँच्चिकै खुदो कसरी पल्टिन्छ ? नयाँ पुस्तालाई थाहा नहुन सक्छ । उखुको रस पकाएर खुदो बनाउने चलन केही ठाउँमा मात्रै बाँकी छ ।
समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण घलेगाउँ पर्यटकले भरिएको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले राससलाई बताउनुभयो ।
तरुण–तपसी नव्यकाव्य लेखनाथ पौड्यालको अद्वितीय दार्शनिक कृति मानिन्छ । अधुनिकतासँग प्राणीजगत्को जीवनदर्शनलाई जोडेर अध्यात्मको सुन्दर नमुना पस्किन सफल कवि लेखनाथको यो कृति एउटा तरु र तपस्वीको जीवनकथाका साथै स्वयम् कवि
सप्तकोशी नदी बर्खामा धेरैका लागि त्रासदीपूर्ण भए पनि हिउँदमा भने आयस्रोतको राम्रो माध्यम बन्दै आएको छ । हिउँदमा कोशी नदीमा पानी घट्दै गएपछि नदीबाटै जीविका चलाउनेहरूको काम सुरु हुन्छ । नदीलाई ढुवानी बनाएर पूर्वी पहाडी जिल्लाबाट बाँसका बिटो तराई झार्न सुरु गरिन्छ ।
बैतडीको सुर्नया गाउँपालिका–५, धुलीधारकी १२ वर्षीय कल्पना विष्टले गाएका गीत अहिले सर्वत्र चर्चामा छन् तर कल्पना विष्ट भने अँध्यारो गाउँमा गुमनाम हुनुहुन्छ । लोकगायक विष्णु खत्रीसँग ‘गैह्री खेत’ र बालगायक सुप्रिम मल्लसँग ‘बझाङ बाजुरा’ बोलको गीत अहिले युट्युबमा चर्चित छन् । कल्पना गाउँकै सिद्धनाथ आधारभूत विद्यालयमा कक्षा ७ मा पढ्छिन् । कोइलीको जस्तो सुमधुर स्वर भएकी कल्पना विष्ट निकै मीठो गीत गाउँछिन् । कल्पनाको गाउँमा बिजुलीबत्ती, इन्टरनेट र टिभी छैन । रेडियोमा लोकगीत सुनेर गीत गुनगुनाउन सुरु गरेकी कल्पना विष्टले अहिलेसम्म दुई वटा गीत बजारमा ल्याएकी छिन् । चर्चित
गायक प्रवीन बेडवालको सुमधुर स्वरमा रहेको नयाँ गीत जिउँदा देवता को साङ्गीतिक लघु चलचित्र सार्वजनिक भएको छ। कृष्णा पन्त स्मृति प्रतिष्ठानको प्रस्तुति गीतकार सङ्गीतकार महेश्वर पन्तको रचना तथा सङ्गीत रहेको मार्मिक गीतको साङ्गीतिक लघु चलचित्र सार्वजनिक भएको छ।
भरतपुर महानगरपालिका–२, आँपटारीमा जन्मिएकी १५ वर्षीय प्रशंसा पराजुली प्रशंसनीय क्षमताकी धनी छिन् । स्मल हेभन मोडेल स्कुल कक्षा १० मा अध्ययनरत उनी विद्यालयकी प्रथम छात्रा हुन् । उनको लेखन, वाचनमा पनि त्यत्तिकै अब्बल छिन । कथा, कविता, निबन्ध जस्ता साहित्यिक लेखनमा उत्तिकै दक्षता राख्ने प्रशंसा मुना तथा अन्य पत्रपत्रिकाकी राम्रो लेखिकाका रूपमा यति सानो उमेरमै स्थापित भइसकेकी छन । उनको लेखन तथा वाचन क्षमता विद्यालयभित्र वा बाहिर हुने
जिल्लाको षडानन्द नगरपालिकाले शैक्षिक सुधार नियम तर्जुमा गरी त्यसको अक्षरसः कार्यान्वयनमा जोड दिएको छ । नगर क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले नियम बनाएर सुधार योजना कार्यान्वयन थालेको हो ।
नेपालका अधिकांश जातिले आफूलाई कुनै न कुनै भगवान् वा ऋषिका सन्तान मान्दछन् । नेपाली समाजमामा प्रचलित गोत्र तथा जातिको नामकरणले पनि यस्तो दाबी पुष्टि गर्छ । दनुवारहरू आफूहरूलाई द्रोणाचार्य ऋषिका सन्तान भएको दाबी गर्छन् । हुन त कतिपयले दुन क्षेत्रमा बसोबास गरेकाले दनुवार नामकरण भएको विश्वास गर्छन् तर दुन शब्दको प्रयोग धेरै पछि भएको विश्वास गर्ने हो भने यो आधार त्यति विश्वासिलो लाग्दैन । केही दनुवारले आफूलाई मध्यकालीन नेपालको सिम्रौनगढ राज्यका राजा नान्यदेवका सन्तान भएको बताउँछन् ।
जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।