मध्यपुरथिमि नगरपालिकास्थित कमेरोटार जग्गा एकीकरण आयोजनाका पीडितहरूले २० वर्ष अगाडि गठन भएको उपभोक्ता समिति खारेज गरेर आयोजनाको स्वामित्व नगरपालिकाले लिन माग गरेका छन् ।
गुलरिया र बारबर्दिया जोड्ने जब्दीपुलको निर्माणको मागको राख्दै जनअभियान सञ्चालन गरिएको छ । राधाकृष्ण थारु जनसेवा केन्द्रको पहलमा सो अभियान सञ्चालन भएको हो ।
दार्चुला ओखर खेतीका लागि परिचित छ । ओखर खेतीतर्फ आकर्षित भएका यहाँका किसानले व्यावसायिकरुपमै ओखरखेती गर्न थालेका छन् । सरकारले दार्चुलालाई ओखर पकेट क्षेत्र घोषणा गरेपछि यहाँका किसान उक्त खेतीतर्फ थप आकर्षित भएका हुन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३० दशमलव ०५ अङ्कले घटेर दुई हजार ३० दशमलव १० को बिन्दुमा कायम भएको हो ।
धरान उपमहानगरपालिकामा नगर प्रमुखको कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएकोमा राजनीतिक दलका भातृ सङ्गठनले पुनः राख्नको लागि शान्तिपूर्ण दबाब दिएका छन् ।
आलुको प्रवर्द्धन र बजारीकरण गर्न गल्याङमा आलु महोत्सव हुने भएको छ । गल्याङ चेम्बर अफ कमर्सले दोस्रो पटक आलु तथा कृषि महोत्सव २०८० गर्न लागेको हो ।
नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने कामले गति लिएको छ । यसअघि विस्फोटको विकल्प नरहेको भन्दै भत्काउन रोकिएकामा अन्तिम विकल्पका रूपमा पुनः भत्काउन थालिएको थियो ।
मकवानपुरको हेटौँडामा दुई दिनदेखि सम्पर्कविहीन भएका पुरुष मृत अवस्थामा फेला परेका छन् । हेटौँडा–१२, पदमपोखरी बस्ने ५५ वर्षीय कृष्ण बहादुर थापा मगर घरेटीडाडास्थित भीरमा लडेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टोली एपीएफ क्लब र कोशी प्रदेशबिच प्रतिस्पर्धा हुनेछ ।
बागलुङको धेरै सुन्तला उत्पादन हुने सिगाना, बिहुँलगायत स्थानमा सुन्तला बजार पठाउन किसानलाई चटारो छ । यस पटक बागलुङमा उत्पादन भएको सुन्तलाको ६० प्रतिशत बिक्री भइरहेको छ ।
पाकिस्तानको सीमापार नीतिलाई भारतले अप्रासङ्गिक बनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले आतङ्कवादको अभ्यासलाई वैध मानिएका सर्तहरूमा भारतले सम्झौता नगर्ने बताउनु भएको छ ।
गुल्मीको मदाने गाउँपालिकामा कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ। आर्थिक वर्ष २०८०/०८१ स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाको वडा नम्बर–६ पुर्कोटदहस्थित कृषि हाट बजारमा कृषि तथा पशुपन्क्षी प्रदर्शन गरिएको प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिनुभयो।
वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै १० करोड रूपियाँभन्दा बढी रकम ठगी गरेको अभियोगमा प्रहरीले सी स्टार ट्रेनिङ सेन्टरका सञ्चालकलाई पक्राउ गरेको छ ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-५ देवीस्थानका भगीरथ भट्टले उखुखेती गर्न थाल्नुभएको तीन दशक बढी समय बित्यो । सुरुआतमा उखु बिक्रीका लागि उहाँ महाकाली नदी तरेर सुडाको चिनी मिलमा ल्याउनुहुन्थ्यो । महाकालीमा पक्की पुल थिएन । गाडी चल्न गाह्रो हुनाले उहाँले उखु महाकाली पार गर्न भारतीय बाटोको प्रयोग गर्नुपर्थ्यो ।
सुनसरी जिल्लाको महेन्द्रनगर, प्रकाशपुर, राजावास र भोक्राहाका किसानले तरुलको भाउ नपाउँदा सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएका छन् ।