ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । देशभर आयोेजित कार्यक्रममा ९२७ रक्तदाताहरुबाट ४३९ लिटर रगत दान गरिएको छ ।
जापानका यातायातमन्त्रीले मङ्गलबार टोक्योको हानेदा विमानस्थलमा जापान एयरलाइन्सको विमान धावनमार्गमा ठोक्किँदा तट रक्षकको विमानमा सवार पाँचजनाको मृत्यु भएको बताउनुभएको छ ।
शुक्रबार बालकुमारी घटनामा प्रहरीको गोली लागेर मृत्यु भएका दैलेखका सुजन राउतको अन्त्येष्टि गरिएको छ।
महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा बजार क्षेत्रको सडक विस्तार तयारीपछि घरजग्गा धनीले क्षतिपूर्ति र मुआब्जा माग गर्दै दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ।
बाँकेको कोहलपुरमा महिलाका लागि स्तन क्यान्सर, आङ खस्ने समस्याका साथै पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा व्यवस्थापन निशुल्क शिविर सञ्चालन भएको छ ।
सर्वोच्च अदालतले जलवायु परिवर्तनसम्बन्धी कानुन बनाउन दिएको परमादेश बमोजिम हालसम्म कानुन नबनाएको जिकिर गर्दै दायर गरेको अदालतमा अवहेलनासम्बन्धी मुद्दामा सरकारसँग लिखित जवाफ माग गरेको छ ।
तनहुँको म्याग्दे गाउँपालिका–१ बर्च्याङबाट मौसम खुलेको समयमा देखिएको माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमाल ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी आरोपमा फरार शिवबहादुर गुरुङ (महेन्द्र भोटे) मङ्गलबार जिल्ला अदालत कास्कीमा उपस्थिति हुनुभयो।
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीसहित चार जना पुर्पक्षाका लागि कारागार चलान भएका छन्।
धनगढी उपमहानगरपालिकाले आउँदो माघ १ गतेबाट नगर क्षेत्रभित्र सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने भएको छ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विभिन्न तवरले सङ्घीयतालाई बदनाम गर्ने प्रयास भइरहेको बताउनुभएको छ। मधेश प्रदेशको राजधानी जनकपुरधाममा मंगलबार भएको लेखा परीक्षण, बेरुजु फर्छ्यौट तथा सम्परीक्षण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।
विश्वका खेलप्रेमीका लागि सन् २०२३ औसत रह्यो । विगतमा झैँ यस वर्ष पनि खेलकुदमा केही कीर्तिमानसँगै विवादास्पद घटना पनि भए । वर्षको सुरुआत प्रसिद्ध फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डो साउदी अरबको क्लब अल नासरमा अनुबन्धितसम्बन्धी समाचारले चर्चा कमायो ।
टोकियोको हानेदा विमानस्थलमा आगलागी भएको जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई बाहिर निकालिएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले जलविद्युत, कृषि, सांस्कृतिक सम्पदा र पर्यटनमा सुदूरपश्चिम क्षेत्र प्रख्यात रहेको बताउनुभएको छ ।
रुसी सेनामा भर्ती भएका स्याङ्जाका २३ वर्षीय युवाको मृत्यु भएको छ। वालिङ नगरपालिका–१४ मान्खुका हरिप्रसाद अर्यालको युद्धका क्रममा मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।