मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । तालिमका क्रममा दौडिरहेका बागमती प्रदेश प्रहरी गण हेटाँैडामा कार्यरत तथा डडेलधुराको आलिताल–६ घर भएका २५ वर्षीय विनोद एडीको ज्यान गएको हो । उक्त घटनामा दुई प्रहरी घाइते भएका छन् ।
झापामा तातो खोलेमा परेर गम्भीर घाइते एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । बाह्रदशी गाँउपालिका वडा नं. ५ का गोपाल टुडूका दुई वर्षीया छोरी सृष्टि टुडूका उपचारको क्रममा मृत्यु भएको हो ।
न्याय सेवा आयोगको आज बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिडभाड हुने स्थानहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । छिमेकी मुलुकहरूमा कोभिड १९ को नयाँ सब भेरियन्ट जे एन।१ को सङ्क्रमण बढिरहेकाले नेपालमा पनि भित्रन सक्ने भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
२०७९ सालमा सम्पन्न निर्वाचनपश्चात् नयाँ संसद् गठन भएको करिब एक वर्ष पुग्नै लागेको छ । यस अवधिमा संसद्ले जति काम गर्न सक्नुपथ्र्यो, त्यति हुन सकेको छैन । तर पनि धेरै काम भएका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १० स्थित आदर्श टोलको हिमचुली कृषि फर्ममा फैलिएको अज्ञात रोगबाट पछिल्लो २४ घण्टा भित्रमा १८ वटा बाख्रा र एउटा गाई मरेको छ ।
कर्णाली प्रदेश सरकारले ललितपुरको बालकुमारी घटनामा मारिएका दैलेखको महावु गाउँपालिका ६ रानिवनका सुजन रावतका आफन्तलाई २ लाख रुपैयाँ राहत दिने भएको छ ।
हेटौँडा उपमहानगरपालिका ११ थानाभर्याङमा मोटरसाइकलको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । पूर्व पश्चिम सडक खण्ड अन्तर्गत हेटौँडा ११ स्थित थानाभर्याङमा हेटौँडातर्फबाट नवलपुरतर्फ जाँदै गरेको ना.४३ प २२२ नं.को मोटरसाइकलको ठक्करबाट बागमती प्रदेश प्रहरी गण, हेटौँडामा कार्यरत प्रहरी जवान विनोद एडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गण्डकीमा याकको नस्ल सुधारका लागि कोशी प्रदेशको सोलुखुम्बुबाट याक ल्याइएको छ । याक आनुवंशिक स्रोत केन्द्र स्याङ्बोचेमा उत्पादन भएका शुद्ध नस्लका १९ याक मनाङ र मुस्ताङका किसानलाई वितरण गर्न ल्याइएको हो ।
अनुसन्धान निरन्तर चलिरहने प्रक्रिया हो । एउटै विषयको पनि भिन्न भिन्न कोणबाट अनुसन्धान हुन सक्छ । अनुसन्धानले सिद्धान्त निर्माण गर्छ । पूर्वस्थापित सिद्धान्तको परीक्षण गर्छ र यस्ता सिद्धान्तमा परिमार्जन तथा संशोधन गर्छ
सामाजिक सञ्जाल फेसबुकमा सुयोगको दुई मिनेटको सानो भिडियो छ । उक्त भिडियोमा सुयोगले सयौँ मान्छेको अगाडि उभिएर नहेरीकन नेपालको सातै प्रदेशको राजधानी, जनसङ्ख्या, जिल्ला, क्षेत्रफल, सङ्ख्या र जनसङ्ख्या भनिरहेको देख्न सकिन्छ । उनले चार्टमा देखाइएको कुरा फेरि सुल्टो भने जसरी नै उल्टोमा पनि भनेर उपस्थितलाई चकित पारेका छन् । उनको मेमोरी पावर अर्थात् कुनै पनि कुरा याद गरेर सम्झिरहन सक्ने क्षमता बढी देखिन्छ ।
मङ्गलवार टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा जापान एयरलाइन्सको विमानमा लागेको आगोबाट ५ जनाको ज्यान गएको छ । विमानमा तीन सय ७९ यात्रुहरू रहेका थिए ।
जिल्ला स्तरीय प्रतियोगिताहरु समेत कम भइरहेको अवस्थामा कोशी प्रदेश स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता भोजपुरमा हुने भएको छ । षडानन्द नगरपालिकाको केन्द्र दिङलामा प्रदेश स्तरीय भलिबल प्रतियोगिताको आयोजना हुन लागेको हो ।
लामो समयदेखि चर्चामा रहेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारमा ढिलाइ भइरहेको छ । वन क्षेत्रमा पर्ने रुख कटानको लागि अनुमति नपाउँदा विस्तार कार्यमा ढिलाइ भएको हो । बर्दिया राष्ट्रिय निकुञ्जले लाइन विस्तारको क्रममा रुख कटान बापत जग्गा नै दिनुपर्ने भनेको छ । सोही अनुसार ६३ बिगाहा जग्गा खरिद गरेर निकुञ्जलाई दिइसकिएको छ । यद्यपि रुख कटानका लागि निकुञ्ज विभागसँग सम्झौता हुन भने बाँकी रहेको छ ।
हामी पुर्खाको पौरखमा निर्मित स्वतन्त्र तथा सार्वभौम देशमा रमाइरहेका छौँ । देशका लागि त्याग गरेका तर देशले चिन्न नसकेका व्यक्तिहरू पनि यो मुलुकमा छन् । नेपालको अस्तित्व रक्षामा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिमध्येका एक पुरुषार्थी हुन् कर्णेल उजिरसिंह थापा । रणबहादुर शाहको समयमा बलपूर्वक नसकी छलपूर्ण तरिकाले भए पनि पाल्पा राज्य (विसं १८६१) लाई नेपालमा विलय गराइयो तर पाल्पा राज्य अन्तर्गत पर्ने बुटबल र स्युराजलाई अङ्ग्रेजले आफ्नो हो भनी दाबी गर्यो । अङ्ग्रेजको चाहना पाल्पालाई कब्जा गरी पश्चिम नेपाललाई राजधानीबाट विच्छेद गर्ने र तराईको कृषियोग्य भूमि कब्जामा लिने थियो ।