अलौकिक क्षेत्र । भूत–प्रेत र पिशाचको घर । यस क्षेत्रमा केही यस्ता पात्र र कथा अस्तित्वमा छन्, जो सार हो सम्पूर्ण भयको र त्यसलाई पहिचान दिइएको छ– एनाबेल । उनको नाम र प्रतिरूप प्रेत साधनासम्बन्धी चलचित्र शृङ्खलाबाट प्रसिद्ध भयो । उनी अँध्यारो, अलौकिक घटनासँग सम्बन्धि कथाको पर्याय नै बनिसकेकी छन् । एनाबेल अचेल एक किसिमले घरेलु नाम बनेको छ । वास्तवमा उनी डरलाग्दो र बेचैन बनाइदिने एकोहोरो हेराइले प्रसिद्ध छिन् । हलिउडको क्यामराको चकमन्न उज्यालोमा एनाबेल
४० वर्षको उमेरमा पहिलो कृति प्रकाशमा आएपछि साहित्य क्षेत्र पनि उहाँको योगदानको क्षेत्र बन्न पुग्यो । केट्यौले उमेरदेखि सङ्गीतमा रुचि राखेर गाउँदै हिँड्दा पुरस्कार पनि हात पार्नुभ
बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका साबिकका छतारा, तोली र कैलाशमाडौँ गाविस मिलेर बनेको पालिका हो । बडीमालिका र नाटेश्वरी जस्ता धार्मिक र पर्यटकीय क्षेत्र भएको यो पालिकामा ३८ वर्ष लामो शिक्षण पेसा त्यागेर नेपाली कांग्रेसको राजनीतिमा होमिएका ५९ वर्षीय कर्णबहादुर थापा प्रमुख हुनुहुन्छ । प्रस्तुत छ, पालिका प्रमुख थापासँग त्रिवेणीको समग्र विकास निर्माण र चुनौतीका विषयमा गोरखापत्रका सुदूरपश्चिम प्रदेश संयोजक प्रकाशविक्रम शाहले गरेको कुराकानी :
मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतका बाँकी दुई वटा खण्डको काम चालु आर्थिक वर्षबाटै सुरु गरिने भएको छ । खम्बागाडे–विद्यापुर र बल्देदेखि लगाम बजारसम्मको खण्डको काम अधुरै थियो । यी दुई सडक खण्डका लागि दुई अर्ब ६० करोड रुपियाँ बराबरको बजेट सुनिश्चित भएपछि यसै आर्थिक वर्षबाट काम सञ्चालन हुने पक्कापक्की भएको हो ।
लुम्बिनी प्रदेश सभाले एक वर्ष पूरा गरेको छ । यो एक वर्षको अवधिमा ३५ वटा बैठक बसेका छन् । पहिलो अधिवेशनको १० र दोस्रो अधिवेशनको २५ वटा गरी ३५ बैठक बसेका छन् । सो बैठकमा ५७ घण्टा ३३ मिनेट छलफल भएको देखिन्छ । प्रदेश सभाले सो अवधिमा एउटा मूल विधेयक बनाउन सफल भएको छ र आठ वटा विधेयक प्रस्तुत भएका छन् । ती विधेयकमध्ये चार वटा पारित भएको संसद् सचिवालयले जनाएको छ ।
जनसङ्ख्याविद्ले बढ्दो जनसाङ्खिक असन्तुलन र आप्रवासनका भविष्यमा उत्पन्न हुने समस्या निराकरण गर्न जनगणनाका परिसूचकको वैज्ञानिक र व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन् ।
नेपालकै पहिलो फलाम खानी उत्खनन गर्ने उद्देश्यका साथ सुरु भएको फलाम उत्खनन कार्यले गति लिन थालेपछि यहाँका बासिन्दा उत्साही बनेका छन् । खानी तथा भूगर्भ विभागको टोलीले २०६८ सालबाट अध्ययन सुरु गरेको थियो । लामो अनुसन्धानपछि छ वर्षअघि मात्र पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ को धौवादीडाँडामा फलाम खानी भेटिएको थियो ।
मेचीनगर–११ कालिका टोलकी ४२ वर्षीया सङ्गीता निरौला गहिरो निन्द्रामा हुनुहुन्थ्यो । ‘हात्तीले घरमा आक्रमण गर्यो भाग् भाग्’ भनेर गाउँलेले चर्को आवाजले चिच्याएको सुनेपछि ब्युँझिएर पति मेघनाथ निरौलालाई डो¥याउँदै उहाँ कोठाबाट बाहिर निस्कनुभयो ।
मनाङका चौँरीपालकको जीवन याक, चौँरी तथा च्याङ्ग्रासँगै जोडिएकाले अधिकांश पशुपालकको जीवन याक, चौँरीसँगै बित्ने गर्दछ । चौँरी स्वभावैले हिउँमा बस्ने गर्दछ । तातो तथा न्यानो स्थानमा याक, चौँरीलाई असहज हुने भएकाले बेँसी धेरै मन पराउँदैनन् तर यतिबेला मनाङका लेकको खर्कबाट बेँसी झारिएको चौँरीका गोठ पनि हिउँले ढाकिएका छन् । वरिपरि हिउँका ढिस्का छन् । यिनै हिउँका ढिस्काभित्र रहेका याक, चौँरीका बथानसँग यहाँका किसान रमाइरहेका भेटिन्छन् ।
इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य हनुभएको छ । उहाँले भारतीय जेलमा लामो समय बिताउनु परेको थियो । २०७७ सालमा स्वदेश फर्काइएका उहाँलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनमा उपचारका लागि भर्ना गराएका थिए । छ महिनाअघि नै उहाँको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताए पनि घर ल्याउन नसकिएको परिवारजनले गुनासो गरेका छन् ।
नेपालको राजनीतिक इतिहासमा २०३३ साल पुस १६ गतेलाई विशेष महत्वको दिनका रूपमा हेरिँदै आएको छ । त्यस दिन नेपाली राजनीतिका शिखर व्यक्तित्व तथा प्रजातान्त्रिक समाजवादी विचारधाराका प्रणेता विश्वेश्वरप्रसाद (बिपी) कोइराला छिमेकी मुलुक भारतको आठ वर्ष लामो निर्वासन जीवनपछि राष्ट्रिय एकता तथा मेलमिलापको सन्देशसहित स्वदेश फर्किनुभएको थियो । तत्कालीन सरकारले उहाँविरुद्ध अनेकौँ मुद्दा चलाएर मृत्युदण्डको माग गरिरहेको अवस्थामा पनि ज्यानको बाजी थापेर स्वदेश फर्किनुलाई विश्व राजनीतिमै एक जोखिम र साहसिक कदम मानियो । बिपीको यसै साहसिक कदमको
मुलुकमा सुशासन कायम गराउनु सरकारको पहिलो जिम्मेवारी हो । सुशासन कायम गराउने कार्यलाई हरेक सरकारले आफ्नो प्राथमिकतामा राख्ने गरेको भए पनि यसमा अपेक्षित सफलता हासिल गर्न कठिन हुन्छ । सरकारको कुशल नेतृत्वमा राज्यका सबै संयन्त्रको इमानदार समन्वय र सहकार्यबाट मुलुकमा सुशासन कायम गराउन सकिन्छ । जनतामा सुशासनको अनुभूति नभई सरकारको स्थायित्व वा सफलता सुनिश्चित हुन सक्दैन । सरकारले जनताको हितका लागि त
विदेशी मुद्रा आर्जनका लागि महत्त्वपूर्ण मानिने नेपाली चियाका लागि अहिले चिया परीक्षण तथा प्रवर्द्धन केन्द्रको निर्माण सम्पन्न भएको छ । सूर्योदय नगरपालिकास्थित कन्याममा केन्द्रको निर्माण गरिएको हो । प्रदेश सरकारको ८० प्रतिशत र सूर्योदय नगरपालिकाको २० प्रतिशत साझेदारीमा निर्माण गरिएको केन्द्र सञ्चालनमा आएपछि नेपाली चियालाई बजारीकरणका ठुलो सहयोग पुग्ने अपेक्षा लिइएको छ ।
श्रमजीवी वर्ग अजेय शक्तिशाली सङ्गठित शक्ति हो । दास युग र सामन्ती युगलाई सत्ता पलट मजदुर वर्गले नै गरेको थियो । त्यसैले माक्र्सवादले श्रमजीवी वर्गलाई सबैभन्दा क्रान्तिकारी उत्पादक शक्तिको रूपमा आत्मसात् गरेको छ । उत्पादनमा मानिसले प्रयोग गर्ने साधनहरू पुँजी, भूमि, श्रम, सिप सबै मिलेर उत्पादक शक्ति बन्छ । उत्पादक शक्तिले उत्पादनका साधनहरूलाई सञ्चालन गरेपछि मात्रै उत्पादनका साधन सक्रिय शक्तिको रूपमा रूपान्तरण हुन्छ अन्यथा उत्पादनका साधन निष्क्रिय हुन्छ ।
नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।